मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

खुशी बाँड्न बिर्सेको नेपाली क्रिकेट

मंगलबार, ०३ श्रावण २०७९हेम राज हमाल
खुशी बाँड्न बिर्सेको नेपाली क्रिकेट
Loading ad...
mustang rice ad

काठमाडौं ।  क्रिकेट के हो ? खेल हो । तर, नेपाली क्रिकेट प्रेमीका लागि क्रिकेट खेलमात्र होइन । अब जीवनशैली बनिसक्यो । यकिनका साथ भन्न सकिन्छ एसोसियट राष्ट्रमा नेपाल मात्र यस्तो देश हो जसको 'लोयल फ्यानवेस' छ । त्यसैले नेपाली क्रिकेटर खेलाडी मात्र होइनन स्टार नै हुन् । नेपाली क्रिकेटले असिमित खुशी पनि दिएको छ । त्यति नै पीडा पनि । त्यसैले समर्थक कहिले खुशीले नाच्छन्, कहिले दुखित हुन्छन्, कहिले रिसाउँछन् ।

पछिल्ला केहि वर्षमा भने सबैभन्दा कठिन कुरा नेपाली क्रिकेट समर्थक बन्नु रहेको छ । लाईभ स्ट्रिमिङमा झुन्डिरहने त्यो हजारौंको जमात नेपाली टिमको प्रदर्शनबाट सार्है निराश छ । नेपालको खेलको दिन गन्दै  कुरेर बस्ने जमात अन्तिम दिनमा नतिजाबाट पीडित भईरहेका छन् ।

नेपाली क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्याण्ड भ्रमण सकाएको छ । अर्को वर्ष भारतमा हुने आईसीसी एकदिवसीय विश्वकप छनोटको सुरुआती खुट्किलोको रुपमा रहेको लिग-२ को यात्रा नेपालसँग रहेको एकदिवसीय मान्यता जोगाइराख्न पनि महत्वपुर्ण छ । तर, नेपाली टोलीको स्कटल्याण्ड भ्रमण निराशाजनक रह्यो । यस भ्रमणमा खेलेका कुल ४ खेलमध्ये १ खेलमा मात्र जित निकाल्न सक्यो भने बाँकी ३ खेल गुमायो । 

सन् २०१९ देखि सुरु भएर २०२३ सम्म चल्ने लिग-२ मा नेपालसहित ७ एसोसिएट देशले प्रतिस्पर्धा गरिरहेका छन् । यस लिगमा शीर्ष स्थानमा रहने तीन टोलीले एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछन् । लिग-२ को सुरुआत अघि नेपाललाई शीर्ष  तीनको दाबेदार टोलीको रुपमा हेरिएको थियो । तर,  हाल नेपाल अंक तालिकामा २० खेलमा ८ जित र ११ हार सहित १७ अंक जोड्दै छैटौं स्थानमा छ । लिग-२  मा २० खेल खेल्दा मात्र १ खेल जितेर तालिकाको पुछारमा रहेको पपुवा न्युगिनी भन्दा नेपाल एक स्थान माथि छ । अर्थात यसलाई यसरी पनि बुझाउन सकिन्छ, हालसम्म पपुवा न्युगिनी पछि सबैभन्दा कमजोर नेपाल देखिएको छ ।

१८ मार्च २०२२ मा युएईसँग पराजित भएदेखि लिग-२ मा नेपालको यात्रा निरन्तर ओरालो लाग्दै गयो । त्यसपछिका १० खेलमा नेपालले तीन खेलमा मात्र जित निकाल्न सक्यो । मार्च पछि नेपालले एक/एक पल्ट पीएनजी, ओमान र स्कटल्याण्डलाई पराजित गरेको छ ।

त्यसअघि ५ फेब्रुअरी २०२० मा ओमानसँग खेल्दै नेपालले आफ्नो लिग-२ को यात्रा हारबाट थालनी गर्यो । दोश्रो खेलमा अमेरिकाविरुद्ध 'कम्ब्याक' गरेको नेपालले विभिन्न उतारचढावहरु बेहोर्दै १६ मार्च २०२२ सम्म ९ खेलमा ५ जितका साथ बलियो उपस्थिति जनाइरहेकै थियो । तर, यस अवधिमा विभिन्न संक्रमणकालिन अवस्थाबाट गुज्रिएको नेपाली टोली मैदान भित्र र बाहिर विवादित बन्न पुग्यो ।  जसको प्रत्यक्ष असर टोलीको प्रदर्शन र नतिजामा समेत देखिरहेको छ । हरेक खेलको राष्ट्रिय टोलीमा 'ट्रान्जिसन' आवश्यक हुन्छ तर नेपाली क्रिकेट टोली विभिन्न कालखण्डमा लगातार परिवर्तनको शिकार भैरह्यो । कहिले प्रशिक्षक त कहिले कप्तान परिवर्तन, 'प्ल्येर सेटलमेन्ट' मा नराम्ररी मात खाएको नेपालको परिणामस्वरूप : प्रदर्शनमा एकरुपता छैन ।

क्यानमा पनि अहिलेको प्रगति र नतिजालाई लिएर आ-आफ्नो विश्लेषण रहेको पाइन्छ । हालै कप्तान सन्दीप लामिछानेले 'आफूलाई कसैले समर्थन नगरे पनि ठिक रहेको र एक्लै लड्न तयार रहेको' ट्वीट गरेसँगै धेरै शंकाहरु सतहमा देखिए । कप्तान सन्दीपले साँच्चै नै साथ नपाएको कुरा प्रष्ट्याउने क्यानकै भित्रका मान्छेहरु पनि छन् । उनीहरुका अनुसार टोलीमा केहि त्यस्ता खेलाडीहरु छन् जो सन्दीपलाई असफल कप्तान बनाउन लागिपरेका छन् ।

नाम नखुलाउने शर्तमा क्यान उच्च स्रोतका एक व्यक्तिले भने, 'अहिले टोलीमा ति खेलाडीले टिम गेम खेलिरहेका छैनन् व्यक्तिगत रुपमा मात्र सोचिरहेका छन् । उनीहरुलाई सन्दीपको कप्तानीमा खेल्न चित्त बुझेको छैन । उनीहरु हामीलाई कसैले हटाउन सक्दैन भनेर मोनोपोली चलाइरहेका छन् ।'

नेपाली क्रिकेटमा खेलाडीबीच गुटबन्दी रहेको कुराले बारम्बार चर्चा पाइरहन्छ । यो अहिलेमात्र होइन बिगतमा पनि चर्चा भईरहने बिषय थियो ।  जसले जति नकारे पनि  क्रिकेटमा गुटबन्दी 'ओपन सिक्रेट' जस्तै हो । सन्दीपले सबै समस्या समाधान गर्न धेरै प्रयास गरेको तर उनलाई ति खेलाडीले साथ नदिएको उनको दाबि छ । 'तसर्थ प्रशिक्षकले अब व्यक्तिगत रुपमै बोलाएर सबैलाई चेतावनी दिनुपर्छ', उनले थपे । 

तर, क्यानमा राम्रो पकड भएका क्यानका केन्द्रिय सदस्य दुर्गाराज पाठक भने यो दाबीलाई खण्डन गर्छन । 'मलाई त्यस्तो कुनै जिरो सपोर्ट वा गुटबन्दी छ जस्तो लाग्दैन । यो टोली नयाँ हो । नयाँ टोलीले लय समात्न खोजिरहेको बेला छ । टोलीले हारिरहेको बेलामा यस्ता हल्लाहरु आउँछन । जब टोलीले राम्रो गर्छ त्यसबेला यीं सबैकुरा हराएर जान्छ ।'

यद्दपी टिममा कथित गुटबन्दी नभएको भनाई आइरहेको बेलामा टोलीका कप्तानको 'जिरो सपोर्ट' ट्वीटलाई अर्थपूर्ण भावमा हेरिएको थियो । सन्दीपले किन र कुन आशयमा त्यो ट्वीट गरे त्यो नितान्त उनको व्यक्तिगत बिषय हो । एउटा कुरा के नकार्न सकिदैन भने, सन्दर्भ फरक नै थियो भने पनी त्यो ट्वीट समयसापेक्षित अवश्य थिएन । 

नेपाली क्रिकेट खेलाडी समर्थकसँग नजिकको सम्बन्धमा छन् । उनीहरु आफ्ना खेलाडीलाई अत्यधिक रुचाउँछन् । समर्थकको क्रिकेट र खेलाडीप्रतिको लगावले उनीहरुलाई एकआपसमा बाँधेर राख्छ । त्यसैले क्रिकेट जगतमा के चलिरहेको छ ? आम धारणा के छ ? यसमा खेलाडीको चासो हुने गर्छ । नेपाली क्रिकेट समर्थकले मात्र खेलाडीलाई पछ्याउँदैनन्, खेलाडीले समर्थकलाई पनि पछ्याईरहेका हुन्छन् । गुटबन्दी, पक्ष, विपक्ष, बिरोध, समर्थन आदि बिषयका कुराले ध्यान भंग हुँदा क्रिकेट जस्तो 'मिलि सेकेन्ड' खेलमा महत्वपूर्ण खेलाडीको प्रदर्शनमा समेत असर गरिरहेको हुन्छ । दिनरात चलिरहेका यस्ता बहसले नेपाली खेलाडीको मानसिकतामै धेरै असर पार्छ । त्यसैले यस्ता कुराको पछाडी अल्झिनु भन्दा वास्तविक समस्या तिर ध्यान दिनु जरुरि छ ।

नेपाली क्रिकेटमा सबैभन्दा लोकप्रिय र सफल प्रशिक्षक पुवुदु दासानायकेलाई क्यानले एक वर्षका लागि प्रशिक्षक नियुक्त गर्यो । उनले नेपाली क्रिकेटको स्वर्णिम पुस्ताको नेतृत्व गरेका थिए । पुवुदु ६ वर्षपछि नेपाल फर्किए । उनी प्रशिक्षक बनेर आएदेखि नेपाली क्रिकेट टोली नयाँ युगमा प्रवेश गरेको छ । सिनियर खेलाडीलाई युवाहरुले प्रतिस्थापन गरिसकेका छन् । टी-ट्वान्टी विश्वकप छनोट देखि सामान्य नतिजा दिरहेको टोलीले लिग-२ मा लय गुमाउदा क्रिकेटप्रेमी चिन्तित छन् । यहि प्रदर्शनबाट विश्वकप त परको कुरा भएको त्यही एकदिवसीय मान्यता समेत गुम्ने होकी भन्ने शंका उत्पन्न हुन थालेका छन् ।

सिरिज अघिको तयारी पनि यस पटक राम्रो नै थियो । यहि टोलीलाई हेर्ने हो भने पनि जनवरीदेखि लगातार विभिन्न क्लब र देशविरुद्ध खेलिरहेको छ । र पनि 'एक्जिक्युसन' मा चुकेको छ । पुवुदुले नेतृत्व सम्हाले लगत्तै क्यान पनि विश्वस्त थियो कि सबैकुरा मिल्दै जानेछ । उनले टोलीका सिनियर खेलाडीसँग लामो समय काम गरेका थिए । वर्तमान कप्तान सन्दीप पनि उनकै खोज हुन् । तसर्थ उनि प्रशिक्षक मात्र नभई एउटा राम्रो मार्गदर्शक पनी बन्न सक्ने आकलन थियो किनकि प्राय खेलाडीले उनको कुरा सुन्छन् । तत्कालिन अवस्थामा क्यान र खेलाडीबीचको विवादबाट टिमलाई बाहिर तानेर टिममा एकता र ताजगी ल्याउन सक्ने पात्रको रुपमा पुवुदुको दोश्रो इनिङ सुरु भयो ।

पुवुदुलाई सजिलो थिएन । उनी नेपाल फर्किदा टिम संक्रमणकाल बाट गुज्रिरहेको थियो । १५ डिसेम्बर २०२१ मा क्यानको आकस्मिक बैठकले स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै राष्ट्रिय क्रिकेट टिमको तत्कालिन कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरिलाई हटायो । साथै अनुशासन उल्लंघन गरेको आरोपमा क्यानले मल्ल र ऐरिसहित सोमपाल कामी र कमलसिंह ऐरिलाई कारबाही गर्यो । यहि दिन सन्दीप नेपालको नयाँ कप्तान बने । क्यानको निर्णयविरुद्ध अन्य केहि क्रिकेट खेलाडीले आफ्ना सहकर्मीहरुमाथिको कारबाही फिर्ता नलिए नखेल्ने चेतावनी दिए । प्रशिक्षण पनि बहिस्कार गर्दै सामाजिक सञ्जालमा 'आई एम डन' लेख्दै बिरोध गरे ।

एकातिर टिमको अवस्था यस्तो थियो भने अर्को तर्फ उनले टिमसँग राम्रोसँग घुलमिल हुने समय पनी नपाउदै महत्वपूर्ण प्रतियोगिताको लागी तयारी गर्नु थियो । उनीसँग समय कम थियो । कम समयमा राम्रो नतिजा जुनै प्रशिक्षकको लागी कठिन कार्य हो । समय अभावका कारण उनले कुनै नयाँ प्रयोग अथवा नयाँ शैली अपनाउन पाएनन । आगामी रणनीति तयार पार्न समय नपाएका पुवुदुसँग 'ब्रेक' थिएन ।

पुवुदुको प्रशिक्षणमा हालसम्म नतिजा सुखद छैन यो फ्याक्ट हो । फेब्रुअरी यता नेपालले सबै (आधिकारिक र गैर आधिकारिक) गरि जम्मा ३६ खेल खेलेको छ । जसमध्ये १९ जित, १५ हार र २ खेलमा बराबरको नतिजा निकालेको छ । यो आँकडा सन्तोषजनक होइन ।

कहाँ बिग्रिरहेको छ नेपालको खेल?

क्यानाडा र स्कटल्याण्डकै भ्रमणलाई उदाहरण मान्ने हो भने नेपाललाई त्यहाँको कन्डिसनसँग अभ्यस्त हुन निकै अप्ठ्यारो भयो ।  चिसो कन्डिसन, जहाँ चिसो हावामा बल ज्यादै स्विङ पनि हुन्छ नेपालका ब्याट्सम्यानले त्यो कन्डिसनमा संघर्ष गरे । क्यानले १/२ हप्ता त्यहाँको कन्डिसनसँग अभ्यस्त बनाउन टिमलाई अभ्यास गराउन सक्नुपर्थ्यो । यहाँनेर क्यानको कमजोरी छ । यही कमजोरीसँगै जोडिएर आउँछ ब्याट्सम्यानको मानसिकता पनि । कन्डिसन थाहा हुँदाहुदै पनी गैरजिम्मेवार ब्याटिङ यसपटक नेपाली टिमबाट देखियो । कुनैपनी ब्याटरले 'टफ कन्डिसन' मा धैर्यता देखाउंदै  इनिङलाई एङ्करिङ्ग गर्न सकेनन । बल डिफेन्ड गर्नेक्रममा एज लाग्नु सामान्य हो तर नेपाली ब्याटर सिंगल र डबल्स लिन इच्छुक देखिदैन थिए । हावामा प्रहार गर्ने क्रममै विकेट धेरै गुमेको छ । टिममा एकदुई जना खेलाडी बाहेक सबै जनासँग अन्तराष्ट्रिय खेलको राम्रै अनुभव छ तर सहि समयमा लागु नगर्दा नेपाली ब्याटिंग दयनीय देखियो । यसमा टिम म्यानेजमेन्टको निर्णय पनि सहि रहन सकेन यसै त खराब ब्याटिङलाई ब्याटिङ अर्डर तलमाथि पारेर झनै खराब बनायो । 

नेपाली टोलीको परम्परागत कमजोरी अथवा समस्या भनेकै ब्याटिङ हो । जब सम्म 'मल्टी डे' फर्म्याटमा नेपालमा क्रिकेट हुदैन नेपाली ब्याटिङको स्तर यहि रहिरहने छ । राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा नेपालमा 'ग्रासरुट र मल्टि डे' क्रिकेटको अवधारणा आवश्यक भैसकेको औंल्याउछन् । अब पनि ढिलो गरेमा यो भन्दा दयनीय अवस्था नआउला भन्न सकिन्न ।

क्रिकेटमा टोलीको स्तरभन्दा टोलीको प्रदर्शनले नतिजा आउँछ । कागजमा त हामी अझै एसोसियट लेभलमा अब्बल देखिन्छौं । तर वास्तविकता यही हो की अन्य टोलीले आफ्नो घरेलु क्रिकेटको स्वरुपमा समयानुसार प्रगति गर्दै गए हामी भने यथास्थितिमै रहिरह्यौं । राष्ट्रिय टोली छनोटको गतिलो आधार नै नभएको हाम्रो क्रिकेटको टिमले कस्तो नतिजा देला ? हामी कहाँ त ओडीआईको लागि टी-२० बाट र टी-२० को लागी ओडीआईबाट टिम छनोट हुन्छ । घरेलु क्रिकेटको संरचना निर्माण नै हुनसकेको छैन । नेपाल क्रिकेट संघ क्यानले स्थानीय तहसँग समन्वय गर्दै महिला र पुरुषको मेयर्स कप प्रतियोगिता आयोजना गरिरहेको छ यो धेरै राम्रो पहल हो तर पर्याप्त भने होइन । राष्ट्रिय खेलकुद परिषदसँग सहकार्य गरेर प्रधानमन्त्री कपलाई अँझ ठुलो र व्यवस्थित बनाउनु पर्छ । यसमा परिषद पनि क्रिकेट भनेकै क्यानको मात्र हो भन्ने भ्रमबाट बाहिर आउनु जरुरि छ ।

क्रिकेटको व्यवस्थापन र खेल आयोजना आफैमा अन्य खेलकुद भन्दा खर्चिलो हुन्छ । यसको ओलम्पिक सँगको इतिहास हेरेमा थप आफै प्रष्ट हुन सकिन्छ । उमेर समूह, महिला, पुरुष टोलीको प्रतियोगिता आयोजना, खेलाडीको सेवा सुबिधा, व्यवस्थापनमा सरकारको सहयोग बिना क्यान एक्लैले केहि गर्न सक्दैन । गरीहालेमा त्यो अहिलेको जस्तै दिर्घकालिन हुँदैन । पर्याप्त लगानीको अभाव र सिमित भौतिक संरचनाको कारण महिनौं लगातार चल्नुपर्ने 'मल्टी डे' लिगलाई एक हप्तामा खुम्च्याउनु पर्ने बाध्यता छ । यसबाट उन्मुक्ति कसरि पाउन सकिन्छ भन्ने बिषयमा सरकार र क्यान एउटै टेबलमा बसेर छलफल गर्न अत्यावश्यक छ ।

नेपाली क्रिकेटको विकास अवरोध हुनुमा कमजोर भौतिक संरचना एउटा प्रमुख कारण हो । विभिन्न प्रदेश र स्थानिय तहमा रंगशाला निर्माण गर्न सके त्यस क्षेत्रमा क्रिकेट फस्टाए  नयाँ खेलाडी उत्पादन हुन्छन् । देशैभरिका स्थानिय तहबाट खेलाडी उत्पादन हुनु सिधा राष्ट्रिय टोलीको जग बलियो हुनु हो । नेपाल क्रिकेट संघ क्यानले प्रतियोगिता आयोजना, खेलाडी, व्यवस्थापन र मैदानको रेखदेखमा ध्यान दिने हो। भौतिक संरचना निर्माण सरकारको जिम्मेवारी हो । 

भौतिक पूर्वाधार पर्याप्त मात्रामा बनाउन सके, नयाँ खेलाडी उत्पादन हुने र ग्रासरुट लेभल देखिनै खेलाडीमा स्तरिय ब्याटिङ विकास गर्न  सकिन्छ । त्यसको लागि विशेष  योजना बनाइ क्यानले सरकारसँग सहकार्य गर्न सक्नुपर्छ । क्यान सँधै यसमा लागिपरेको जवाफ दिन्छन् क्यानका सचिव प्रशान्त मल्ल । 'हाम्रो प्राथमिकता अहिले टिम बिल्डअप हो, त्यसमा दिर्घकालिन रुपमा नै क्यानले ग्रासरुट, मल्टी डे र प्रोफेसनल लिग लाई ध्यान दिनेछ,' मल्ल भन्छन् ।

खेलाडी उत्पादन मात्र सबै होइन । कम्तिमा एउटा रिजर्भ टिम तयार पार्नु आधुनिक क्रिकेटको माग हो । उत्पादन भएका खेलाडीलाई क्रिकेटमै लागीराख्ने वातावारणको निर्माण क्यानले गर्नुपर्छ । उदाहरणको लागी दीपेन्द्र जस्ता महत्वपुर्ण खेलाडी अहिले आफ्नो खराब लयसँग जुधिरहेका छन । तर प्रतिस्थापनमा उनकै क्षमता बराबरको अरु कुनै योग्य खेलाडी हामीले तयार पार्न सकेका थिएनौ । उनको विकल्पको रुपमा कुनै नाम त आउछ होला तर के उसलाई विस्वास गर्न सकिन्थ्यो ? यस्तो अवस्थामा हामीसँग 'बी' टिम छैन । 

हुन त पुबुदु आफैमा उच्च श्रेणीका प्रशिक्षक र ब्याटिङ कन्सल्टेन्ट हुन् । तथापि समयको मागलाई ध्यानमा राखी क्यानले ब्याटिङ कोच राख्न सक्छ । कुनैपनि राष्ट्रिय टोलीको आधारभूत आवस्यकता भनेकै ब्याटिङ, बलिङ, फिल्डिङमा मजबुतिको लागी सम्बन्धित विशेषज्ञता हासिल गरेका व्यक्तिसँगै रहनु हो । यति महत्वपुर्ण कुरामा क्यानले ढिलो गर्नु हुँदैन । क्यान उच्च स्रोतका अनुसार अब यो 'ब्रेक' मा ब्याटिंग कोचको नियुक्तिको लागी गृहकार्य भैरहेको छ । यसमा पनी दिर्घकालिन योजनाको खाँचो छ । उदाहरणको लागी क्यानडा भ्रमण अघिपनि राष्ट्रिय टोलीका केहि खेलाडीहरु ब्याटिंगमा सुधारको लागी भारत पुगेका थिए । तर जव रनको आवश्यकता पर्यो उनीहरुको ब्याट पनि चलेन । त्यसैले केहि समय केहि महिना भन्दापनि अनुभवी र योग्य ब्याटिङ कोच दिर्घकालिन रुपमै नेपाललाई आवश्यक छ ।

अहिलेको डर यो हारको सिलसिलाले निरन्तरता पाइरहेमा नेपाली क्रिकेटप्रति शुभचिन्तकहरुको चासो कम हुदै जाने त होइन भन्ने छ । क्रिकेटमा लगानीकर्ताको आकर्षण बढाउने प्रमुख नीति नै बलियो राष्ट्रिय टोलीको निर्माण हो । सोहि टोलीले अन्तराष्ट्रिय प्रतियोगितामा राम्रो नतिजा दिएमा 'स्टेक होल्डर' लाई फाइदा हुने हो ।

यस बिषयमा क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहको मत फरक छ ।

'क्रिकेटमा लगानीकर्ताको आकर्षण कम हुने, शुभचिन्तक घट्ने भन्ने हुदैन । किनकि हरेक राष्ट्रिय टोलीमा कुनै समय यस्तो आउंछ जहाँ टोली राम्रो प्रदर्शन गर्न सकिरहेको हुदैन । चांडै यहि टोलीले नतिजा दिन थाल्नेछ । नेपाल टी-२० लिगले पनि थप लगानीकर्ता लाई आकर्षित बनाउनेछ,' उनी भन्छन्  ।

नेपाली क्रिकेट विकासको लागी कोशेढुंगा साबित हुने अपेक्षा गरिएको नेपाल टी-२० लिगले के कस्तो योगदान पुर्याउनेछ त्यो समय आएपछि देखिने कुरा हो । हालका लागि  यो लिग अपरिहार्य छ । खेलाडीका सेवा सुबिधा, लगानी र परियोजनाको महत्वकांक्षालाई बिश्लेष्ण गर्ने हो भने यो लिग कोशेढुंगा बन्ने धेरै सम्भावना छ । खेलाडी उत्पादन र अवसरका हिसाबमा तत्काल यसको प्रभाव देखिने भएपनि के यो लिगले नेपालको कमजोर ब्याटिङ सुधार्न सक्ला ? त्यो पनि हुन सक्ने सम्भावना छ  । विदेशी खेलाडी, फरक फरक प्रशिक्षक को फरक फरक अनुभव र शैलीलाई नेपाली खेलाडीले अपनाउनेछन् । यसबाट केहि हदसम्म नयाँपन आउनेछ । यसको कमर्सियल सक्सेसलाई  सिधा खेलाडीको व्यवस्थापनसँग जोड्न सकेमा राम्रो प्रतिफल आउनेमा आशावादी बन्न सकिन्छ । 

तर पुर्णरुपमा ब्याटिङ सुधारको लागि भने 'मल्टी डे' क्रिकेट अवधारणाको विकल्प छैन । सफलता एकैरातमा आउने हैन त्यसको लागी दिर्घकालिन योजना अनुरुप कार्य गर्न क्यानको केन्द्रिय संघ मात्र नभई प्रदेश र जिल्ला संघहरुको भूमिका ठुलो रहन्छ । धेरै नगरे पनि प्रदेश र जिल्ला संघले स्थानिय राम्रा खेलाडीको पहिचान गर्दै उनीहरुलाई ठुलो श्रेणीको क्रिकेट सम्म पुर्याउने जिम्मा लिनुपर्छ ।  

Loading ad...
LiNing Ad
खुशी बाँड्न बिर्सेको क्रिकेट

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन