काठमाण्डौं । जेम्सका सिद्धार्थ अमात्यले तेश्रो त्रियोग अन्तरविद्यालय जुडो प्रतियोगिताको ब्वाइज ८१ केजीमुनि बुधबार स्वर्ण जितेका छन् । फाइनलमा सिद्धार्थले आयोजक त्रियोगका सुमित ओझालाई पराजित गरे ।
ओलम्पिक डेका अवसरमा आयोजित प्रतियोगिताको ब्वाइज २५ केजीमुनि आदर्श सौलका विशाल खत्री, ३५ केजीमुनि श्री बाल विकासका ताराबहादुर भुजेल, ४५ केजीमुनि बाल सेवाका अब्दुल्लाह अन्सारी, ५५ केजीमुनि जेम्सका विपल तुलाधर र ६६ केजीमुनि जेम्सका सुकुस कुँवरले स्वर्ण जिते ।
गल्र्स २८ केजीमुनि श्री बाल विकासकी विनिता नेपाली, ३६ केजीमुनि सितुकी मनीषा फुयाल, ४४ केजीमुनि गोकर्णकी इस्या शर्मा र ५२ केजीमुनि बाँस्बारीकी सन्जिता गुरुङले पहिलो स्थान हात पारे ।
दुईदिने प्रतियोगितामा विभिन्न २६ विद्यालयका १ सय ९ ब्वाइज र ४९ गल्र्स खेलाडीको सहभागिता रहेको आयोजक त्रियोगका खेलकुद विभाग प्रमुख प्रताप अधिकारीले जनाएका छन् । धापासीस्थित आयोजककै हातामा भइरहेको प्रतियोगिताको ब्वाइजमा १२ र गल्र्समा ८ स्पर्धामा समावेश छन् ।