काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबले न्युरोड टिम एनआरटीविरुद्व २–० को अग्रता लिएको छ । शनिबार सुरु दोस्रो चरणको पहिलो खेलमा पहिलो हाफको खेल सकिदाँ मनाङले एनआरटी क्लबविरुद्व अग्रता बनाएको हो ।
खेलको १७ औ मिनेटमा अन्जन विष्टको पेनाल्टीमार्फत मनाङले खेलमा अग्रता लिएको थियो । अन्जनलाई एनआरटीका खेलाडीले डि बक्स भित्र लडाँएपछि मनाङले पेनाल्टीको अवसर प्राप्त गरेको थियो ।
खेलको ३९ औ मिनेटमा एनआरटीको डिफेन्स लाईनलाई बिट गर्दै अफ्रिकन खेलाडी ओलावले अफिजले मनाङको अग्रतालाई दोब्बर बनाएका थिए ।
पहिलो हाफमा एकतर्फी एनआरटीलाई दबाबमा राखेको मनाङले गोलका धेरै अवसरहरु गुमाएको थियो ।
खेलको ४० औ मिनेटमा बिमल रानाले प्रहार गरेको बल पोस्टमा लागेको फर्किएको थियो । उनै बिमलले पहिलो हाफको अन्तिम समयमा एकल प्रयासमा हानेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
खेलको ६९ औ मिनेटमा मनाङका हेमन गूरुङले प्रहार गरेको बललाई एनआरटीका गोलकिपरले उत्कृष्ट बचाउ गरेका थिए ।