मंगलबार, २६ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

लिग फुटबल के होला ? 

शुक्रबार, ३१ असार २०७९दिपेश तिमल्सिना
लिग फुटबल के होला ? 
Loading ad...
mustang rice ad

काठमाडौं । बिहीबार मात्र अखिल नेपाल फुटबल खेलाडी संघले एन्फाको नयाँ नेतृत्वलाई ध्यानाकर्षण पत्र बुझायो । खेलाडीलाई वर्षभरी व्यस्त राख्ने गरि एन्फाको प्रतियोगिता क्यालेन्डर सार्वजनीक गर्न माग गर्दै संघले एन्फाको ध्यानाकर्षण गराएको हो । 

एन्फामा नयाँ नेतृत्व आएसँगै घरेलु लिगबारे अनेकन अनुमान र आशंका सुरु भएका छन् । धेरैको आशय छ, नयाँ नेतृत्वलाई लिग गर्न गाह्रो छ । यसको खास कारण पनि छ । मुख्य कारण एन्फा गम्भिर आर्थिक संकटमा छ । सोही कारण लिग खेल्ने क्लबले अघिल्लो वर्षकै तयारी खर्चपनि पाएका छैनन् । लिग विजेता मछिन्द्रले पुरस्कार सहित करोड बढी रकम पाउनै बाँकी छ । 

फेरी नयाँ लिग गर्न पैसा पनि चाहियो । त्यो एन्फासँग छैन । तयारी खर्च नदिए क्लब ‘डगमग’ पनि चल्दैनन् । चरम आर्थिक संकटमा फसेको एन्फाले अघिल्लो सिजनकै पैसा दिएको छैन । नयाँ सिजनको तयारी खर्च नपाए क्लब अघि बढ्ने छाँट छैन । सोही कारण यस वर्ष लिग गर्न निकै समस्या मानिएको छ । 

अर्को कुरा यस पटकको नयाँ कार्यसमितिमा ए डिभिजनका अधिकांश क्लबका पदाधिकारी चुनावमा पराजित बने ।

मछिन्द्रलाई लगातार दुई पटक च्याम्पियन बनाएका अनिल श्रेष्ठ, सर्वाधिक सफल क्लब मनाङका विजय घले, एनआरटीका सुन्दरनरसिंह जोशीले चुनावमा हारे । ए डिभिजन क्लबबाट जावलाखेल युथ क्लबका महेन्द्र क्षेत्रीले मात्र चुनाव जितेका छन् । मछिन्द्र, मनाङ, एनआरटी, संकटा सहितका अधिकांश क्लब एन्फा बाहिर छन् । अधिकांश ठुला क्लब एन्फा बाहिर भएपछि लिग सञ्चालन गर्न झनै गाह्रो पर्छ । 

‘जिल्ला त एन्फाको कार्यक्रम र बजेट आएपछि मात्र चल्ने हो । खासमा फुटबल भनेकै घरेलु लिग हो । नयाँ नेतृत्वलाई त्यही लिग गर्न गाह्रो देखिन्छ । ठुला क्लब एन्फा बाहिर भएपछि फुटबल चलाउन हरेक नेतृत्वलाई सजिलो हुदैन ।’ ए डिभिजन क्लबका एक प्रतिनिधि भन्छन् ।  

एन्फाले लिग सहितको क्यालेन्डर बनाउन सञ्जिव मिश्रलाई जिम्मेवारी दिएको थियो । मिश्रले लिगको क्यालेन्डर एन्फामा बुझाईसकेका छन् । उनले आगामी जनवरी अर्थात माघपछि मात्र लिग गर्न सुझाएका छन् । डिसेम्बरसम्म विश्वकप फुटबल हुने भएकाले विश्वभर फुटबलका कुनै ठुला कार्यक्रम हुदैनन् । भदौ, असोजबाट लिग सुरु गर्ने ल्याकत एन्फाको देखिदैन । 

हुन त अघिल्लो एन्फाको कार्यसमितिले भदौबाट खेलाडी दर्ता सुरु गर्ने र असोजबाट लिग सुरु गर्ने गरि वार्षिक क्यालेन्डरको प्रचलन सुरु गरेको थियो । तर क्यालेन्डर अनुसारको लिग गर्न भने सकेन । कोभिडले फुटबलै नहुने अवस्थामा क्यालेन्डर अनुसार लिग गर्न गाह्रोनै देखिन्थ्यो । पछिल्लो सिजन ‘विकेन्ड’मा लिग गर्ने परम्पराको सुरुवात भयो । तर अन्तिम चरणका खेलहरु झारा टार्ने हिसाबले सम्पन्न गरियो । अधिकांश सिजन विकेन्ड लिग र पोखरासम्म लिगका केही चरण खेल हुँदा घरेलु लिगले फरक स्वाद पस्किएको थियो । 

तर एन्फामा नेतृत्व परिवर्तनसँगै घरेलु लिगमाथि पुन कालो बादल देखिएको छ । एन्फाको नवनिर्वाचित कार्यसमितिको बैठक साउन २ गते बस्दैछ । तर नेतृत्वले लिगको विषय एजेण्डामा राखेको छैन । अहिले खेलाडी र फुटबललाई चाहिएको सबैभन्दा मुख्य विषयनै त्यही हो । एन्फाको १२ वटा एजेण्डामा ए डिभिजन लिगको विषय नपर्दा वर्तमान नेतृत्वको प्राथमिकता के हो भन्ने प्रश्न उब्जिएको छ । 

बिहीबार खेलाडी संघले एन्फा क्यालेन्डरको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ भने उपाध्यक्ष कुमार केसीले ए, बी र सी डिभिजन लिगको विषय एजेण्डामा थप गरेर निर्णय गर्न माग गर्दै एन्फामा पत्र दर्ता गराएका छन् । दुवै पत्रको साझा निचोज लिगको मिति घोषणा गरेर घरेलु फुटबललाई व्यस्त राख्ने एन्फा क्यालेन्डरको माग हो । 

एन्फाले भदौमा हुने भनिएको फ्रेन्चाइज फुटबल एनएसएलसँगको सम्झौता रद्ध गर्ने निर्णय गरिसकेको छ । एनएसएलसँगको सम्झौता रद्ध कार्यसमिति बैठकमार्फत गर्ने गरि एजेन्डा समेत तयार गरिएको छ । घरेलु फुटबलको तालिका नहुँदा खेलाडीहरु बेरोजगार छन् । माघमा लिग गर्ने भएपछि करिब ६ महिना खेलाडीले खेल्न पाउने परिस्थिती बन्दैन । अनिश्चित भविष्यबाट पार पाउन भन्दै राष्ट्रिय टिमका केही स्टार खेलाडीले अष्ट्रेलियालाई सम्भावित गन्तव्य बनाएका छन् । निर्धारित प्रतियोगिता एनएसएलसंग सम्झौता रद्ध गर्ने निर्णय गरेर एन्फाले अझ अन्यौलता सिर्जना गरेको छ ।

नेतृत्वको ध्यान खेलाडी र कार्यक्रम भन्दा नियुक्ति र मनोनयनमा गएपछि एन्फाभित्रकै पदाधिकारीपनि असन्तुष्ट छन् । सत्तामा पुगेपनि फुटबलको फेसबुके राजनीति गर्न नछाडेका एन्फाका अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुख नविन पाँडे लेख्छन्, ‘काम कुरा एकातिर कुम्लो बोकी ठिमी तिर नहोस है फुटबलका नेताहरु, पछुताउनु नपरोस । खेलाडी र खेलको विकाशको एजेन्डालाई ओझेरमा पार्ने काम नगरौं । नेपाली फुटबल कसैको पैतृक सम्पती हैन ।’ 
 

Loading ad...
LiNing Ad
#लिग फुटबल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

९ महिनामै कमजोर देखिएको इन्टर

९ महिनामै कमजोर देखिएको इन्टर

खाली महसुस गरिरहेका जम्पा

खाली महसुस गरिरहेका जम्पा

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

जिम्बाबेको टिमलाई समर्थन गर्न आएका ६ समर्थक !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मनाङसँग हार्‍यो चित्लाङ

मनाङसँग हार्‍यो चित्लाङ

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

३४ महिनापछि हुने भयो ‘ए’ डिभिजन लिग !

ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

नेयमारलाई अन्तिम मौका

नेयमारलाई अन्तिम मौका

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन