काठमाडौं । चीनको हाङझावमा आयोजना १९ औं एसियाली खेलकुदका लागि बक्सिङ खेलको दोस्रो चरणको छनोट सकिएको छ ।
नेपाल बक्सिङ संघले दोस्रो चरणको छनोट प्रतियोगिताबाट १६ खेलाडी छनोट गरिएको जनाएको छ ।
प्रारम्भिक चरणमा ३२ खेलाडी छनोट गरिएको थियो । दोस्रो चरणमा छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने संघले जनाएको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा मंगलबार पुरुष ५२ किलो तौल समूहको फाइनलमा नेपाल प्रहरीका चन्द्र थापाले बक्समाण्डुका लक्ष्मण राईलाई ५-० अंकको आधारमा पराजित गरे ।
महिलामा नक्साल बक्सिङ क्लबका सुस्मा तामाङले त्रिभुन आर्मी क्लबका मिनु गुरुङलाई ३-२ को स्पिलिट डिसिजनका आधारमा पराजित गरिन् ।
महिला वैन्टम वैट ५७ किलो तौल समूहमा आर्मी बी का चन्द्रकला थापाले नेपाल प्रहरीका निशा तामाङलाई ५-० को अंकको आधारमा पराजित गरे ।
महिला ६० किलो तौल समूहमा आर्मी ए का पुनम रावलले एपीएफका संगीता सुनारलाई स्पिलिट डिसिजनका आधारमा पराजित गरे ।
महिला ६९ किलो तौलमा एपीएफका सरस्वती रानामगरलाई एबीडीको आधारमा विनिता थापामगरले पराजित गरे ।
पुरुष ५७ किलो तौलमा बक्समाण्डुका सुरज महर्जनले एपीएफका पुरन राईलाई स्पिलिट डिसिजनका आधारमा पराजित गरे । पुरुष ७५ किलो तौलमा आर्मीका दिपेश लामाले काठमाडौंका शनिल शाहीलाई स्पिलिट डिसिजनका आधारमा पराजित गरे ।