काठमाडौं । नेपालको पहिलो एमेच्योर एमएमए फाइटलाइ केटीएम सिटीले प्रायोजन गरेको छ ।
मिक्स्ड मार्सल आर्ट्स एसोसियसन अफ नेपालको आयोजनामा हुन गईरहेको एमेच्योर एमएमए फाइटलाई शेर्पा आउट डोरको केटीएम सिटीले प्रायोजन गरेको हो ।
सोमबार केटीएम सिटीका मार्केटिङ हेड सजोल चित्राकार र मिक्स्ड मार्सल आर्ट्स अफ नेपालका अध्यक्ष श्रवण बल तामाङले प्रायोजन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार केटीएम सिटी प्रतियोगिताको पावर्ड बाइको रुपमा जोडिएको छ । केटीएम सिटीले प्रायोजन वापत २ लाख ५० हजारको खेल्ने किट्स आयोजकलाई उपलब्ध गराउनेछ ।
केटीएम सिटीका मार्केटिङ हेड चित्राकारले नयाँ खेललाई देशमा प्रेरित गर्न आफुहरु प्रायोजकको रुपमा जोडिएको बताएका छन् ।
‘विश्वमा लोकप्रिय रहेको एमएमए फाइट नेपालमा आयोजना हुदैछ । केटीएम सिटी यस्ता सम्भावना बोकेका खेललाई देशमा खेल्न प्रेरित गर्नुपर्छ भन्ने मान्यता राख्छ ।’ चित्रकारले भने ।
नेपालमा पहिलो पटक भोलि शुक्रबार एमेच्योर एमएमए फाइट हुन लागेको हो । काठमाडौंको गोकर्णेश्वर शंखडोल हलमा हुन लागेको प्रतियोगितामा विभिन्न ७ तौल समुहका २० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट ३ खेलाडीलाई भारतमा हुने इन्डियन नेसनल च्याम्पियनसिपमा सहभागी गराईने आयोजकले जनाएको छ ।
शेर्पा आउटडोरको केटीएम सिटीले नेपालको राष्ट्रिय फुटबल टिमको मुख्य किट्स प्रायोजक हो । केटीएम सिटीले फुटबल सहित भलिबल, टेनिस, घोडचढी लगायतका विभिन्न खेलसँग जोडिएर काम गर्दै आएको छ ।