काठमाडौं । मिक्स्ड मार्सल आर्ट्स एसोसियसन अफ नेपालको आयोजनामा पहिलो एमेच्योर एमएमए फाइट प्रतियोगिता आयोजना हुने भएको छ ।
संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता असार २४ गते आयोजना हुने जनाएको छ।
प्रतियोगिता गोकर्णेश्वर काठमाडौंको शंखडोल हलमा आयोजना हुनेछ ।
प्रतियोगितामा विभिन्न ७ तौल समूहमा २० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
आयोजकले फ्लाई वेट ५६ केजी, बेन्टन वेट ६१ केजी, फेदर वेट ६५ केजी, लाइट वेट ७० केजी, वेल्टर वेट ७७ केजी, लाइट हेभिवेट ८५ केजी र स्ट्र वेट ५० केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
यस प्रतियोगिताको उत्कृष्ट ३ खेलाडीले भारतमा आयोजना हुने इन्डियन नेसनल च्याम्पियनसिपमा सहभागिता जनाउने छन् ।
एमएमएका खेलाडीलाई अन्तराष्ट्रिय एक्सपोजर दिन प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष श्रवन बल तामाङले जानकारी गराए ।
नेपालमा मिक्स मार्सल आर्टका खेलाडीको पहिचान गर्न र खेलाडीको प्रतिभा प्र्रर्दशन गर्न प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।