बुधबार, १७ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. दौड
Loading ad...
Bhat Bhateni Supermarket Ad

राष्ट्रिय एथलेटिक्स : सन्तोषी र मुकेशलाई स्वर्ण

शुक्रबार, १० असार २०७९खेलपाटी संवाददाता
राष्ट्रिय एथलेटिक्स : सन्तोषी र मुकेशलाई स्वर्ण
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल एथलेटिक्स संघको आयोजनामा सुरु ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत १५ सय मिटर दौडमा सन्तोषी श्रेष्ठ र मुकेश पालले स्वर्ण पदक जितेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार महिलातर्फ बागमती प्रदेशकी सन्तोषी र पुरुषमा त्रिभुवन आर्मी क्लबका मुकेशले स्वर्ण जितेका हुन् ।

सन्तोषीले निर्धारित दुरी ४ मिनेट ४२.८ सेकेण्डमा पूरा गरिन् । त्यस्तै आर्मी क्लबकी पूर्ण लक्ष्मी न्यौपाने ४ मिनेट ५८.२ सेकेण्डसहित रजत प्राप्त गरिन् । एपीएफकी आशा राउत ५ मिनेट ०५.९ सेकेण्डसहित कास्य पाइन् ।

आर्मीकी राधिका श्रेष्ठ चौंथो, कर्णालीकी विमला कार्की पाँचौं र सुदूरपश्चिमकी माया साउद छैटौं स्थानमा रहिन् ।

पुरुषतर्फ मुकेशले निर्धारित दुरी ३ मिनेट ५६.७ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । एपीएफका अजित यादवले ३ मिनेट ५८.८ सेकेण्डसहित रजत हात पारे । कास्य जितेका आर्मीका सुनिल सुनारले ४ मिनेट ०१.८ सेकेण्डको समय निकाले ।

पुरुषतर्फ पुलिसका नागेश्वर अहिर चौंथो, गण्डकीका दिनेश बोगटी पाँचौं र बागमतीका विकेश घिमिरे छैटौं स्थानमा रहे ।

पुरुष ४ सय मिटरमा आर्मीका सोम बहादुर कुमालले ४८.७९ सेकेण्डसहित स्वर्ण हात पारे । आर्मीकै प्रकाश दनुवारले ४९.९२ सेकेण्डसहित रजत  र ५०.९० सेकेण्डसहित एपीएफका निरप्रताव महतोले कास्य पदक जितेका छन् ।

महिलातर्फ एपीएफकी रमिता कुमारी थारुले निर्धारित दुरी ५९.८९ सेकेण्डमा पूरा गर्दै स्वर्ण हात पारिन् ।

आर्मीकी निर्मला थापाले १ मिनेट १.०६ सेकेण्डसहित रजत जित्दा लुम्बिनी प्रदेशकी अरुणा रिजालले १ मिनेट १.९ सेकेण्डसहित कास्य पदक जितिन् ।

दुईदिने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (आर्मी÷प्रहरी÷सशस्त्र) गरी १० टिमबाट २ सय ४० खेलाडीको सहभागि छन् ।

प्रतियोगितामा ३१ स्वर्णका लागि प्रतिस्पर्धा भईरहेको छ ।

Loading ad...
LiNing Ad
सन्तोषी र मुकेशलाई स्वर्ण

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

कोहलपुर माइलमा समिर र चेतना बने विजेता

कामपा ४ दौडमा कृष्ण र अन्जुलाई उपाधि

कामपा ४ दौडमा कृष्ण र अन्जुलाई उपाधि

काठमाडौं ४ वडास्तरीय दौड प्रतियोगिता शनिबार हुने

काठमाडौं ४ वडास्तरीय दौड प्रतियोगिता शनिबार हुने

Loading ad...
xTreme Energy Drink
पानामा, ब्राजिल र उरुग्वेसँग  खेल्ने भारतको टोली घोषणा

पानामा, ब्राजिल र उरुग्वेसँग खेल्ने भारतको टोली घोषणा

नेपालको खराब सुरुआत

नेपालको खराब सुरुआत

नेपालको मध्यम लक्ष्य

नेपालको मध्यम लक्ष्य

चेल्सीका मुड्रिक टोटनह्याममा लोनमा

चेल्सीका मुड्रिक टोटनह्याममा लोनमा

नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै

नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै

एन्जो सिटीमा लाग्ने

एन्जो सिटीमा लाग्ने

रुडिगरले लिए सन्न्यास

रुडिगरले लिए सन्न्यास

साबिक विजेता सलहेश फाइनलमा

साबिक विजेता सलहेश फाइनलमा