काठमाडौं । बंगबन्धु बंगलादेश-नेपाल अन्तराष्ट्रिय रग्बी सिरिज अन्तर्गत पहिलो सेभेन 'ए' साइडमा नेपाल पराजित भएको छ ।
बंगलादेशको ढाकामा मंगलबार भएको प्रतिस्पर्धामा नेपाल बंगलादेशसँग २०-० को स्कोरले पराजित भएको हो ।
खेलमा नेपालले पहिलो हाफमा १० तथा दोस्रो हाफमा १० स्कोर खान पुगेको थियो।
बंगलादेशले खेलमा कुल ४ वटा ट्राई हान्न सफल भयो।
प्रत्येक ट्राई (विपक्षीको अन्तिम ट्राइ लाइनमा दौडेर बल पुर्याउने ) बाट ५ स्कोर दिइन्छ।
बंगलादेशबाट नदिम मेहमुदले २ ट्राई तथा सोहेल राना र अनवर जमानले १/१ ट्राई गरेका थिए।
नेपाली टोली कृष्ण क्षेत्रीको कप्तानीमा उत्रिएको थियो।
उनले खेलमा पराजय भोगेपनि खेलाडीहरुले राम्रो मेहनत गरेको बताए।
यस्तै यस खेलबाट नेपालका ३ जना खेलाडीहरुले राष्ट्रिय रग्बी ७ टोलीमा डेब्यु गरेका छन्। उनीहरु पुजन फेवाली,रामकृष्ण चौधरी र शेर बहादुर ओली हुन्।
पुजन शुरुवाती ७ खेलाडीमा परे भने चौधरी कप्तान क्षेत्रीको स्थानमा तथा ओलीले पुजन फेवालीलाई स्थानान्तरण गरेका थिए।
नेपालले मंगलबार नै सेभेन 'ए' साइड अन्तर्गत बंगलादेशविरुद्धको दोस्रो खेल खेल्नेछ ।
यस्तै नेपालले बुधबार बंगलादेशविरुद्ध एक १५ 'ए' साइड खेल खेल्नेछ ।