काठमाडौं । दशौँ संस्करणको कान्तिपुर हाफ म्याराथनको उपाधि गोपीचन्द्र पार्की र राजपुरा पछाईले जितेका छन् ।
शनिबार आयोजना भएको हाफ म्याराथनमा पुरुषतर्फ एपीएफका गोपी र महिलातर्फ पुलिसकी राजपुरा च्याम्पियन बनेका हुन् ।
पुरुषतर्फ उपाधि जित्ने क्रममा गोपीले निर्धारित दुरी १ घण्टा ७ मिनेट ४१ सेकेन्डमा पूरा गरे ।
त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी १ घण्टा ७ मिनेट ५० सेकेन्डको समय निकाल्दै दोस्रो भए । तेस्रो भएका आर्मीकै मुकेश पालले १ घण्टा ८ मिनेट ४७ सेकेन्डमा निर्धारित दूरी पार गरे ।
आर्मीका गजेन्द्र राई १ घण्टा ९ मिनेट १ सेकेन्डसहित चौंथो, आर्मीका तरेन्द्रसिंह रावल १ घण्टा ९ मिनेट १० सेकेन्डसहित पाँचौं र आर्मीका खगेन्द्र भाट १ घण्टा १० मिनेट १५ सेकेन्डसहित छैटौं भए ।
महिलातर्फ उपाधि जित्ने क्रममा राजपुराले निर्धारित दूरी १ घण्टा १९ मिनेट १० सकेन्डमा पूरा गरिन् ।
एपीएफकी पुष्पा भण्डारी १ घण्टा २२ मिनेट ५ सेकेन्डको समय निकाल्दै दोस्रो भइन् । पुलिसकी रोवा विष्टले १ घण्टा ३० मिनेट ४२ सकेन्डसहित तेस्रो भइन् ।
आर्मीका निर्मला केसी चौंथो, विन्द्रा श्रेष्ठ पाँचौं र गीता विकले छैटौं स्थान हासिल गरिन् ।
महिला र पुरुषतर्फको विजेताले समान १–१ लाख रुपैयाँ प्राप्त गरे । यस्तै दोस्रो, तेस्रो, चौथो,पाँचौँ र छैटौँ हुनेले क्रमश : ५० हजार, ३० हजार, २० हजार,१० हजार र ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।