काठमाडौं । धावक नारायण श्रेष्ठले युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजसंग सोमबार भेट गरेका छन् ।
सिंहदरबारस्थित खेलकुद मन्त्री गहतराजको कार्यकक्षमा भएको भेटका दौरान श्रेष्ठले आफ्नो उपलब्धीका साथै खेल बारेमा जानकारी गराए ।
श्रेष्ठले कुवेतमा सन् २०१८, २०१९ र २०२२ मा भएको अमेरिका युनिभर्सिटी म्याराथनमा स्वर्ण जितेका थिए । उक्त म्याराथनसहित अन्य म्याराथामा करिब दर्जन भन्दा बढी स्वर्ण जितेको धावक श्रेष्ठले जानकारी गराए ।
त्यस अवसरमा मन्त्री गहतराजले खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएकोमा धन्यवाद दिदै उपलब्धीका लागि बधाइ दिए ।