काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले १३ औं सागका स्वर्णधारी भारोत्तोलन खेलाडी सन्जु चौधरीको १३ औं पुण्य तिथिमा श्रद्धान्जली सभा गरि शोक मनाएको छ ।
राखेप परिषरमा आइतबार राखेपले सन्जुको १३ औं दिनको पुण्य तिथिमा श्रद्धान्जली सभा गरेको हो । श्रद्धान्जली सभामा मौनधारण गरिएको थियो ।
श्रद्धान्जली सभामा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज, राखेपका सदस्य सचिव टंकलाल घिसिङ, भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ बोस तथा खेलाडीहरुको उपस्थिति रहेको थियो ।
१३ औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक स्वर्ण जितेकी सन्जु बैशाख २७ गते मृत भेटिएकी थिइन् । उनको प्रारम्भिक रिपोर्ट आत्महत्या देखिएको थियो ।
बाँके घर भएकी सन्जुले १३ औं सागमा महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न जितेकी थिइन् ।