काठमाडौं । टर्कीमा जारी विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालकी पुनम रावल पराजित भएकी छिन् ।
इस्तानबुलमा आइतबार राति पुनम ५७ देखि ६० किलो तौल समूहमा ग्रीसका मारिएला कानीसँग पराजित भएकी हुन् ।
प्रारम्भिक चरणमा बाइ पाएकी पुनम ग्रीसका खेलाडीसँग ५-० अंकको आधारमा पराजित भईन् ।
पुनमको हारसँगै च्याम्पियनसिपमा नेपालको चुनौती सकिएको छ ।
च्याम्पियनसिपमा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
यस अघि नेपालकी मिनु गुरुङ ५० देखि ५२ केजी तौल समूहमा जापानी खेलाडी रिन्का किनोशितासँग ५-० अंकको आधारमा पराजित भएकी थिइन् ।
यस्तै ४६ देखि ४८ केजी तौल समूहमा नेपालकी सुष्मा तामाङ मंगोलियाकी लान्चिव योनसँग ३-२ अंकले पराजित भएकी थिइन् ।
त्यसै गरी अर्का खेलाडी चन्द्रकला थापा ५४ देखि ५७ तौल समूहमा भारतीय खेलाडी मनिषासँग अंकको आधारमा पराजित भएकी थिइन् ।