काठमाडौं । टर्कीमा जारी विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालकी मिनु गुरुङ पराजित भएकी छिन् ।
इस्तानबुलमा बुधबार ५० देखि ५२ केजी तौल समूहमा मिनु जापानी खेलाडीसँग पराजित भएकी हुन् । मिनु जापानकी रिन्का किनोशिताले ५-० अंकको आधारमा पराजित भईन् ।
यस अघि मंगलबार ४६ देखि ४८ केजी तौल समूहमा नेपालकी सुष्मा तामाङ मंगोलियाकी लान्चिव योनसँग ३-२ अंकले पराजित भएकी थिइन् ।
त्यसै गरी अर्का खेलाडी चन्द्रकला थापा ५४ देखि ५७ तौल समूहमा भारतीय खेलाडी मनिषासँग अंकको आधारमा पराजित भईन् ।
च्याम्पियनसिपमा नेपालबाट ४ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
त्यस्तै ५७ देखि ६० किलो तौल समूहमा नेपालकी पुनम रावलले प्रारम्भिक चरणमा बाई पाएकी छिन् । पुनमले ग्रिस र मोरक्कोबीचको विजेतासँग आइतबार खेल्ने छिन् ।