काठमाडौं । टर्कीमा जारी विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालकी सुष्मा तामाङ पराजित भएकी छिन् ।
इस्तानबुलमा मंगलबार राति भएको ४६ देखि ४८ किलो तौल समूहमा सुष्मा मंगोलियाकी लान्चिव योनसँग ३-२ अंकले पराजित भएकी हुन् ।
च्याम्पियनसिपमा नेपालबाट ४ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।
अब ५० देखि ५२ किलो तौल समूहमा मिनु गुरुङले जापानका आर किनोशितासँग बुधबार प्रतिस्पर्धा गर्ने छिन् ।
त्यस्तै ५४ देखि ५७ किलो तौल समूहमा बाई पाएकी नेपालकी चन्द्रकला थापाले भारतका मनिसासँग बुधबार खेल्ने छिन् ।
५७ देखि ६० किलो तौल समूहमा नेपालकी पुनम रावलले प्रारम्भिक चरणमा बाई पाएकी छिन् । पुनमले ग्रिस र मोरक्कोबीचको विजेतासँग आइतबार खेल्ने छिन् ।