काठमाडौं । फर्मुला वानको विश्व च्याम्पियन म्याक्स भर्सटापेनले मियामी ग्रान्ड प्रिक्समा राम्रो सुरुआत गरेका छन् ।
रेड बुलका भर्सटापेनले आइतबार फेरारीका चार्ल्स लेक्लर्कलाई ५७ को ल्याप ९ मा ओभरटेक गर्दै साँघुरो जित दर्ता गरे ।
वर्तमान विश्व च्याम्पियनले २६ अंक हासिल गर्दै अग्रता पनि कायम राखेका छन् । साथै लेक्लार्कको अंकको अन्तरलाई पनि रोक्न सफल भएका छन् ।
'यो अविश्वसनीय वातावरण थियो । मलाई ड्राइभिङमा साँच्चै रमाइलो लाग्यो,' दक्षिण फ्लोरिडामा आफ्नो पहिलो फर्मुला १ दौडपछि भर्सटापेनले भने, 'ट्र्याकका केही क्षेत्रहरू सुधार गर्न सकिन्छ।'
सन् २०२२ को च्याम्पियनसिपमा १८ अंक लिएका लेक्लेर्कले उनको तारिफ गर्दै आफु छक्क परेको अनुभव सुनाए ।
'भर्सटापेनको रेड बुल र सर्जियो पेरेज स्ट्रेटमा मात्र छिटो थिएनन् कम-स्पीड कर्नरहरूमा पनि छिटो थिए,' उनले भने ।
स्पेनका कार्लोस सेञ्ज तेस्रो स्थानमा छन् ।