काठमाडौं । विश्व महिला बक्सिङ च्याम्पियनसिपका लागि टर्की जाने नेपाली बक्सिङ टोलीको बिदाइ गरिएको छ ।
टर्कीको इस्तानबुल जाने ४ खेलाडीसहित ७ सदस्सीय नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको हो । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले नेपाली टोलीलाई बिदाइ गरे ।
च्याम्पियनसिप मे ६ देखि २१ तारिखसम्म आयोजना हुनेछ ।
च्याम्पियनसिपमा ४८ केजी तौल समूहमा सुस्मा तामाङ, ५२ केजीमा १३ औं सागको स्वर्णधारी मिनु गुरुङ, ५७ केजीमा चन्द्रकला थापा र ६० केजीमा१३ औं सागको रजत पदक विजेता पुनम रावलले प्रतिस्पर्धा गर्ने छन् ।
नेपाली टोलीको मुख्य प्रशिक्षक प्रकाश थापामगर र आईबा थ्री स्टार प्रशिक्षक दिपक महर्जन रहेका छन् ।
टिम व्यवस्थापकमा पुष्कर राज पन्त रहेका छन् ।
प्रतियोगिताको दौरान हुने आइवाको चुनावमा सहभागि हुनका लागि संघका अध्यक्ष राम अवाले र केन्द्रीय सदस्य मान बहादुर भण्डारी पनि अर्को हप्ता ईस्तानबुल प्रस्थान गर्नेछन् ।