काठमाडौं । चीनमा आयोजना हुने १९ औं एसियन गेम्सका लागि बक्सिङ खेलको छनोट जारी छ ।
सातदोबाटोमा जारी छनोटको दोस्रो दिन महिला ५१ केजी तौल समूहमा आर्मी ए की मिनु गुरुङ फाइनल पुगेकी छिन्।
मिनुले आर्मी बी का ललिता महर्जनबाट वाक ओभर प्राप्त गरिन् ।
सोही तौल समूहमा बागमती प्रदेशकी सुष्मा तामाङले पुलिसका रिता धरलालाई एबिडिका आधारमा हराएर फाइनल पुगेकी छिन् । फाइनलमा सुष्मा र मिनु भिड्ने छिन् ।
महिला ५७ केजी तौल समूहमा आर्मीका खेलाडी चन्द्रकला थापामगरलाई बागमती प्रदेशका खेलाडी हेमा राईले वाकओभरको आधारमा जित हासिल गरिन् । सोहि तौल समूहमा नेपाल प्रहरी ए का खेलाडी निशा तामाङलाई नेपाल आर्मी बी का खेलाडी बिमला श्रेष्ठले ५-० अंकको आधारमा जित हासिल गरिन् ।
६० केजी तौल समूहमा बागमती प्रदेशका खेलाडी देचेन शेर्पाललाई सशस्त्र प्रहिरीका संगिता सुनारले वाकओभरको आधारमा जित हासिल गरिन् । सोही तौल समूहमा नेपाल आर्मी ए का खेलाडी पुनम रावललाई नेपाल आर्मी बी का वर्षा श्रेष्ठले वाकओभरको आधारमा जित हासिल गरिन् ।
पुरुषतर्फ ५२ केजि तौल समूहमा नेपाल आर्मीका खेलाडी प्रेम चौधरीलाई बागमती प्रदेशका खेलाडी लक्ष्मण राईले वाकभोभरको आधारमा जित हासिल गरे । सोही तौल समूहमा सशस्त्र प्रहरीका प्रदिप महर्जनलाई नेपाल प्रहरी ए का खेलाडी चन्द्र बहादुर थापाले ४-१ अंकको आधारमा जित हासिल गरे ।
५७ केजी तौल समूहमा नेपाल आर्मीका खेलाडी ईन्द्र बहादुर सुनारलाई सशस्त्र प्रहिरीका खेलाडी पुरन राईले ५-० को आधारमा जिते । सोही तौल समूहमा नेपाल प्रहरी बी का खेलाडी शम्भु राजबंशीलाई बागमती प्रदेशका खेलाडी सुरज महर्जनले ५-० को आधारमा जित हासिल गरे ।
६३ केजी तौल समूहमा नेपाल आर्मी ए का खेलाडी लालुआले मगरलाई नेपाल प्रहरीका भुपेन्द्र थापामगरले ५-० अंकको आधारमा जित हासिल गरे । सोही तौल समूहमा बागमती प्रदेशका खेलाडी निसान दासलाई सशस्त्र प्रहिरी ए का खेलाडी सोनाम सार्कीले ४-१ अंकको आधारमा जिते । ७५ केजी तौल समूहमा बागमती प्रदेशका खेलाडी साजन थिङ्ग तामाङलाई नेपाल आर्मी ए का खेलाडी दिपक श्रेष्ठले ५-० अंकको आधारमा जित हासिल गरे । सोही तौल समूहमा बागमती प्रदेशका खेलाडी सनिल शाहीलाई नेपाल आर्मी बि का खेलाडी दिपेश लामाले ३-२ अंकको आधारमा जित हासिल गरे ।