काठमाडौं । नेपाल बक्सिङ संघले विश्व महिला बक्सिङ च्याम्पियनसिपका लागि ४ महिला खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
टर्कीको इस्तानबुलमा हुने च्याम्पियनसिपका लागि संघले मंगलबार ४ खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो। च्याम्पियनसिप यहिँ मे ६ देखि २१ तारिखसम्म आयोजना हुनेछ ।
च्याम्पियनसिपका लागि संघले ४८ केजी तौल समूहमा सुस्मन तामाङ, ५२ केजीमा १३ औं सागको स्वर्णधारी मिनु गुरुङ, ५७ केजीमा चन्द्रकला थापा र ६० केजी १३ औं सागको रजत पदक विजेता पुनम रावललाई प्रशिक्षणमा बोलाएको हो ।
संघले बोलाएको ४ जना खेलाडीहरु हालै थाईल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप खेलेर आएका खेलाडी हुन्।
चार खेलाडीलाई बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर र आईबा थ्री स्टार प्रशिक्षक दिपक महर्जनले सातदोबाटोमा प्रशिक्षण गराईरहेका छन् ।