काठमाडौं । तेश्रो संस्करणको मदन भण्डारी स्मृति पाँच किलोमिटरको रोड रेस प्रतियोगिता शनिबार हुने भएको छ ।
रन क्लब नेपालको आयोजनामा हुने प्रतियोगिताको मिति टुङ्गो लागेको हो ।
प्रतियोगितामा पुरुष र महिला खुला र छात्र छात्रा गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन् ।
करिब ४ सय खेलाडीको प्रतियोगितामा सहभागिता रहनेछ ।
खुलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १२ हजार र ८ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
छात्र छात्रामा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले ३ हजार नगद पुरस्कार पाउने छन् ।
दौड ठमेलस्थित छायाँ सेन्टरबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुन सोही स्थानमा आएर टुंगिने बताईएको छ ।