काठमाडौं । सन् २०२२ को सेप्टेम्बरमा चीनको हाङचोउमा एसियाली खेलकुद हुँदैछ र त्यसको पाँच महिना अगाडि नै त्यसका आयोजकले सबै पूर्वाधार निर्माण सम्पन्न भएको र खेल्नका लागि तयार रहेको जनाएको छ ।
शाओसिङमा रहेको क्लाम्बिङ सेन्टर निर्माण सम्पन्न भए लगतै सबै पूर्वाधारको काम सकिएको हो ।
एसियाली खेलकुदको १९ औं संस्करण सेप्टेम्बर १० देखि २५ सम्म आयोजना हुँदैछ । आयोजक होङचोउ सहरका अनुसार यी पूर्वाधार निर्माण गर्न पाँच वर्षको समय लागेको थियो ।
एसियाली खेलकुदको आयोजना गर्ने होङचोउ तेस्रो चिनिया सहर हुनेछ । त्यस अगाडि सन् १९९० मा पेजिङ र सन् २०१० मा ग्वाङचोउले एसियाली खेलकुदको सर्वोच्च प्रतियोगिताको आयोजना गरेको थियो ।
यसपल्टको एसियाली खेलकुदमा ४६ खेल समावेश गरिएका छन् । त्यसमध्ये ३३ खेल टोकियो ओलम्पिक २०२० मा समावेश खेल पनि पर्छन् ।
हाङचोउ सहर चचियाङको राजधानी रहेको छ र यो यस प्रान्तको स्थानीय राजनीति, आर्थिक र सांस्कृतिक केन्द्र पनि रहेको छ । यो शाङघाइ सहरबाट १ सय ८० किलोमिटर टाढा रहेको छ ।
–चिनिया समाचार एजेन्सीको सहयोगमा ।