काठमाडौं । प्रथम गण्डकी प्रदेश परम्परागत तारा खेल र घोडा दौड प्रतियोगिता हुने भएको छ ।
प्रदेश खेलकुद परिषदको आयोजनामा हुने प्रतियोगिता बैशाख ८ र ९ गते हुनेछ ।
मनाङको डिसाङमा हुने प्रतियोगिता अन्तर्गत तारा खेलमा मनाङ, मुस्ताड, म्याग्दी, बाग्लुङ, पर्वत र कास्की गरि ६ जिल्लाले सहभागिता जनाउने छन् ।
घोडा दौडमा पहिलो हुनेले ७५ हजार, दोस्रोले ५० हजार र तेस्रोले ३० हजार पाउने प्रतियोगिता संयोजक तथा प्रदेश खेलकुद परिषद गण्डकीका बोर्ड सदस्य योगेन्द्र शेरचनले जानकारी गराए ।
तारा खेलको विजेताले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार पाउने छन् ।
सर्वश्रेष्ठ धनुधरले ५ हजार र विशिष्ट धनुधरले ३ हजार पाउने छन् ।