गोर्खाली र बडिमालिकालाई उपाधि
आइतबार, ०४ बैशाख २०७९खेलपाटी संवाददाता

काठमाडौं । भरतपुर चितवनमा आयोजित यू-२० राष्ट्रिय रग्बि प्रतियोगिताको उपाधि गोर्खाली रग्बी क्लब र बडिमालिका रग्बी क्लबले जितेका छन् ।
पुरुषतर्फको उपाधि जित्ने क्रममा गोर्खालीले फाइनलमा मकवानपुर रग्बी क्लबलाई ३-५ को स्कोरले हरायो ।
महिलातर्फ बडिमालिकाले हिमालयन रग्बी क्लबलाई १०-० को फराकिलो अन्तरको जित निकाल्यो ।
प्रतियोगितामा पुरुषतर्फ उत्कृष्ट खेलाडी गोर्खालीका रोहन डंगोल र महिलातर्फ बडिमालिकाकी अर्पना थापा घोषित भए ।
प्रतियोगिता नेपाल रग्बी संघ र चितवन जिल्ला रग्बी संघको सहकार्यमा भएको हो ।
गोर्खाली र बडिमालिकालाई उपाधि















-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)