काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्(राखेप) ले गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लोगो, मस्कट, गीत रचना र नारा बनाउने सार्वजनिक सूचना निकालेको छ ।
राखेपले आइतबार खुल्ला प्रतिस्पर्धाबाट लोगो, मस्कट, गीत रचना र नारा छनोट गर्न सूचना निकालेको हो ।
राखेपले यहिँ वैशाख ११ गते भित्र लोगो, मस्कट, गीत रचना र नारा पेश गर्ने समयसिमा तोकेको छ ।
पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखी २८ गतेसम्म हुनेछ ।
लोगोमा गण्डकी प्रदेशको समग्र प्रतिबिम्ब झल्कने, नवौं राष्ट्रिय खेलकुद झल्कने खेलकुद समेटिएको र शक्तिको प्रतिक भएको हुनुपर्ने बताईएको छ ।
मस्कटमा गण्डकी प्रदेशको प्रख्यात जनावर तथा गीत रचनाका लागि बढीमा चार मिनेट हुनुपर्ने,राष्ट्रिय भावनाले ओतप्रोत भएको, खेल, खेलाडीको भावना समेटिएको हुनु पर्नेछ ।
छनोट भएका लोगोको डिजाइनरले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै मस्कटको विजेता २५ हजार, गीत रचनाको विजेताले २० हजार र नाराको विजेताले १० हजार पाउने छन् ।