काठमाडौं । नवलपुर जिल्ला फुटबल संघको कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
शनिबार भएको साधारण सभामार्फत सेतबहादुर पुनको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
पुनको अध्यक्षतामा गठन भएको कार्यसमितिमा मेघराज पाण्डे, हरि थापा र हेम देवकोटा उपाध्यक्ष चुनिए ।
सदस्यमा रविलाल श्रेष्ठ, गोरखभक्त अधिकारी, हरिमाया चौधरी, विपुल अर्याल, थमन चौधरी, नैनाराम धरेल, सुरज कोहर, नारायण अधिकारी, लक्ष्मण कार्की, मदन थापा र तिर्थ डुम्रे निर्वाचित भए ।
शनिबारनै रुपन्देही, लम्जुङ, बाग्लुङ, महोत्तरी, पर्सा, कैलाली, बाँकेमा साधारण सभामार्फत नयाँ नेतृत्व चयन भएका छन् ।