काठमाडौं । जिल्ला फुटबल संघ कैलाली र बाँकेको नेतृत्वमा क्रमश अनिल मल्ल र भोजराज शाही निर्वाचित भएका छन्।
शनिबार भएको साधारण सभामा कैलालीमा अनिल र बाँकेबाट भोजराज शाही निर्वाचित भएका हुन् ।
दुवै जना एन्फाको संस्थापन पक्षसँग असन्तुष्ट रहदै आएका थिए ।
बाँकेमा भोजराजले सुन्दरमणी अधिकारलाई हराउँदै नेतृत्वमा निरन्तरता पाए । भोजराजले ९ मत प्राप्त गरे । प्रतिद्धन्दी सुन्दरमणीले मात्र २ मत पाए ।
बाँकेमा निर्मल चन्द,अनिल बहादुर केसी र टोपेन्द्र खत्री उपाध्यक्षमा निर्वाचित भए ।
यस्तै सदस्यमा भोज बहादुर शाही, गोवार्ध्रण सिंह सम्झना, दिपेन्द्र घले, गोविन्द प्रसाद श्रेष्ठ, ईश्वर चन्द, राजु तामाङ, दिपु राना, अर्जुन खड्का, देवेन्द्र केसी र इन्द्र बहादुर राना निर्वाचित भए ।
कैलालीमा मल्ल आए । उनी एन्फाका वर्तमान अध्यक्ष शेर्पाविरुद्ध सार्वजनिक रुपमा विरोधमा उत्रदै आएका थिए । मल्ल नेतृत्वको कार्यसमितिमा कुमार बहादुर शाही, जितेन्द्रकुमार बोगटी र रजबहादुर थापा उपाध्यक्ष निर्वाचित भए ।
सदस्यहरुमा आरती आचार्य, मोहितकुमार शाह, तेज बम, चन्द देब बम, हर्क दानपाली, होम तामाङ, कृष्णबहादुर चौधरी, नरेन्द्र बहादुर डगौरा, देवि राम जैसी, सुरेश चौधरी र श्याम विष्ट निर्वाचित भए ।