काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को जिल्ला निर्वाचन देशभर सञ्चालन भैरहेका छन् । शनिबार चार जिल्लाको नेतृत्व र कार्यसमिति सर्वसम्मत चयन भएका छन् ।
आसन्न केन्द्रिय निर्वाचनका लागि भएको जिल्ला निर्वाचनमा रुपन्देही, लम्जुङ्ग, बाग्लुङ्ग र महोत्तरीको जिल्ला नेतृत्व सर्वसम्मत आएका छन् भने कार्यसमिति समेत सर्वसम्मत बनेका छन् ।
लमजुङ्गमा लोकेन्द्र गुरुङ्ग नेतृत्वका सर्वसम्मत कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा विजयकुमार श्रेष्ठ, सन्जिब पौडेल र योगबहादुर गुरुङ चुनिएका छन् । सदस्यमा खड्गजंग गुरुङ, सुमिन घले, विशाल अधिकारी, संजिव राना, कुसुम राज बराल, आनन्द गुरुङ, नरेन्द्र थापा, निपेन्द्र श्रेष्ठ, सुदिप श्रेष्ठ, शिव खाती र महिला सदस्यमा हरिमाया गुरुङ निर्वाचित भए ।
रुपन्देहीमा लोक पुनको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा बुद्धिबहादुर गुरुङ, मुकेश कँुवर र सुधिर थापा, महिला सदस्यमा मोतिकला गुरुङ तथा सदस्यमा शंकर मल्लाह, सञ्जय कार्की, प्रेम राना, बसन्त श्रेष्ठ, पदम थापा, दिपक गुरुङ, ललित तिरुवा, सोमबहादुर बिक, मनमोहनलाल गुभाजु र दिपेश गुरुङ सर्वसम्मत चुनिए ।
यसअघि एन्फा केन्द्रिय सदस्य कुमार केसीले जिल्ला फुटबल संघको नेतृत्व गर्दै आएका थिए । उनी दुवै पटक निर्वाचनमार्फत जिल्लाको नेतृत्वमा चुनिएका थिए । जिल्ला फुटबलको नेतृत्वमा युवा नेतालाई स्थापित गराउने उद्धेश्य अनुसार केसीले सर्वसम्मत रुपमा पुनको नेतृत्वमा कार्यसमिति चयन गराउन सफल भएका छन् ।
यस्तै, महोत्तरीमा प्रमोद मानन्धर र बाग्लुङमा जय राज भण्डारीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको छ ।
शनिबार बिहानै भएको पर्सा जिल्ला फुटबल संघको निर्वाचनमा अनिलकुमार कलवारको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको थियो ।