काठमाडौं । पर्सा जिल्ला फुटबल संघमा सर्वसम्मत नेतृत्व चयन भएको छ । शनिबार भएको साधारण सभामा अनिल कुमार कलवारको नेतृत्वमा १५ सदस्यीय नेतृत्व सर्वसम्मत चयन भएको हो ।
कलवारको अध्यक्षतमा चयन भएको कार्यसमितिको उपाध्यक्षमा दीपक शाह कानु, हेन्त चौरसिया, इशवर चन्द यादव छन् ।
सदस्यमा सरोज यादव, राजेशकुमार पटेल, नगनारायण कुर्मी, दीपेन्द्र ताम्राकार, मानदेव हजरा, अरुण महतो, सञ्जिव कुष्ण थापा, अलि अस्कर हवारी, सवेन्द्रकुमार चौरसिया र वेदप्रसाद कुर्मी निर्विरोध निर्वाचित भएका छन् ।
महिला सदस्यमा मिहिका थापा निर्वाचित भएको निर्वाचन संयोजक शालिकराम प्रसाद कानुले जानकारी दिएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न केन्द्रिय निर्वाचनका लागि फुटबल संघको सदस्य जिल्लामा साधारण सभा भैरहेका छन् ।
यसअघि भोजपुर, काभ्रे, कन्चनपुर र जुम्लामा नयाँ कार्यसमिति चयन भएका छन् । शनिबार मात्र बी र सी डिभिजनबाट केन्द्रिय निर्वाचनका लागि प्रतिनिधि चयन भएका छन् ।
एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते काठमाडौंमा हुदैछ ।