काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आसन्न निर्वाचनका लागि तीन जिल्लाको अधिवेशन सम्पन्न भएको छ ।
असार ६ गतेका लागि तोकिएको एन्फाको आसन्न केन्द्रिय निर्वाचनका लागि बिहीबार कन्चनपुर, जुम्ला र भोजपुरका अधिवेशन सम्पन्न भएका छन् ।
कन्चनपुरमा निर्वाचनमार्फत, जुम्ला र भोजपुरमा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएका छन् । कन्चनपुरमा गणेशबहादुर चन्द प्यानल सहित नेतृत्वमा निर्वाचित भए । भिमबहादुर थापालाई हराउँदै चन्द जिल्ला फुटबल संघको नेतृत्वमा चुनिएका हुन् । चन्दले ११ र थापाले २ मत प्राप्त गरे । उपाध्यक्षमा दाउत तामाङ, केशव चन्द, रमेश चन्द निर्वाचित भए ।
सदस्यमा प्रजापति भट्ट, बलबहादुर जागरी, कमलेश सिंह, दीपकसिंह बोहरा, राजप्रताप सिंह, सुकबहादुर तामाङ, भिमबहादुर चन्द, महेश चन्द, शंकर चन्द, हेलन श्रेष्ठ र महिला सदस्यमा महेन्द्रा भट्ट निर्वाचित भए ।
जुम्लामा भरत बुढाथापा नेतृत्वको ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ । थापा चौथो पटक जिल्ला फुटबल संघको नेतृत्वमा चुनिएका हुन् । वरिष्ठ उपाध्यक्ष राजबहादुर खत्री, उपाध्यक्षमा विकल्पजंग शाही र रोशन श्रेष्ठ छन् । सदस्यमा खड्कबहादुर भण्डारी, मदनराज भारती, धमेन्द्र महतरा, भरतबहादुर खत्री, नरेश महत, रविन्द्र शाही र विष्णु महत निर्विरोध भए । महासचिवमा दीपेन्द्रबिक्रम हमाल, कोषाध्यक्षमा अजय थापा मनोनित भए ।
भोजपुरमा प्रविण कुमार सुवालको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति चयन भएको छ । उपाध्यक्ष भास्कर तामाङ, टंक प्रधान र आङ पासाङ शेर्पा निर्विरोध रहे । सदस्यमा उसान किरात, सन्तोष मोक्तान, संग्राम राई, विनोद राई, सुदीप कार्की, सुरेन्द्र महत, नगेन्द्र राई, डम्बर राई चयन भएका छन् ।
एन्फाको ४८ सदस्य जिल्लामा केन्द्रिय निर्वाचनमा ४५ जिल्ला फुटबल संघले मताधिकार प्राप्त गर्छन् ।