काठमाडौं । साविकको विजेता नागबहालका सुमित शाक्य र ससिन डङ्गोलको जोडी यल कप ब्याडमिन्टन रनिङ्ग शिल्ड प्रतियोगिताको पुरुष युगलतर्फ अन्तिम चारमा प्रवेश गरेका छन् ।
शुक्रबार शाक्य र डङ्गोलको जोडीले चक्रबहिलका अभिन ताम्राकार र श्रीजन ताम्राकारको जोडीलाई २१–१७, २१–१४ ले पन्छाउंदै अन्तिम चारमा स्थान पक्का गरेका हुन् । यस्तै नागबहालकै सनिल शाक्य र सुमन शाक्यको जोडी पनि दुपटका सुमन महर्जन र राजेन्द्र महर्जनको जोडीलाई २१–१७, २१–१९ ले पराजित गर्दै सेमिमा स्थान बनाएका हुन् ।
यस्तै दथृुलंका राजु बज्राचार्य र सुमित महर्जनको जोडी र रत्नकाजी बज्राचार्य र संदीप शाक्यको जोडी पनि सेमिफाईनलमा स्थान बनाउन सफल भएका छन् । राजु र सुमितको जोडीले नागबहालका बिपिन शाक्य र सुसन शाक्यको जोडी २१–१७, २१–७ले तथा रत्नकाजी र संदीपको जोडीले हखका राकेश शाक्य र सुशिल महर्जनको जोडीलाई २१–१७, २१–१९ ले पाखा लगाए । फाईनल प्रवेशका लागि अव सुमित र ससिनको जोडीले राजु बज्राचार्य र सुमित महर्जन तथा रत्नकाजी र संदीपको जोडीले सनिल र सुमनको जोडी संग प्रतिस्पर्धा गर्ने भएका छन् ।
पाटन शंखमुलस्थित ईलेभेन स्टार क्लबको आयोजनामा भएको प्रतियोगिताको यु –१५ ब्वाईज एकल तर्फ नागबहालका सहज शाक्य, श्रवण शाक्य, सुजल शाक्यले पनि सेमिफाईन यात्रा तय गरे । सहजले नागबहालकै साकार शाक्यलाई २१–१०, २१–६, श्रवणले भिन्छेबहालका मौलिक बज्राचार्यलाई रिटायर्ड हर्टका आधारमा र सुजलले चाकुपाटका सुजल शाक्य(दोश्रो)लाई २१–१४, २१–९ ले हार चखाए । अर्को जितमा प्रयाग पोखरीका पुजन शाक्यले नागबहालका प्रशन्न शाक्यलाई २ज्ञ–१३, २१–१७ ले पराजित गर्दै सेमिमा स्थान बनाए । अव सेमिफाईनलमा सहजले पुजनको तथा श्रवणले सुजलको सामना गर्ने भएका छन् ।
यस्तै मिक्स युगल तर्फ दथुलंका सुमित महर्जन र लिपी बज्राचार्यको जोडी तथा राजु बज्राचार्य र यास्ना डङ्गोलको जोडी पनि सेमिमा स्थान बनाउन सफल भएका छन् । सुमित र लिपीको जोडीले भिन्छेबहालका सुजित बज्राचार्य र आकृती बज्राचार्यको जोडीलाई २१–१७, १४–२१ र २१–१९ ले तथा राजु र यास्नाको जोडीले नागबहालका सनिल शाक्य र लसता शाक्यको जोडीलाई २१–१५, २१–१९ ले पराजित गरे । यस्तै नागबहालका सुमन शाक्य र प्रकृती शाक्यको जोडीले पिन्छेंका दिपेन महर्जन र ममता रुम्बाको जोडीलाई २१–१६, १९–२१ र २१–१८ ले तथा ओकुबहालका दिपेश शाक्य र सुपला बज्राचार्यको जोडीले नागबहालका सुमित शाक्य र सुधा शाक्यलाई २१–१६, २१–१० ले पाखा लगाए ।
भेट्रान्स तर्फको प्रतिस्पर्धामा नागबहालका सुदिम शाक्य र प्रविण शाक्य, प्रयाग पोखरीका पूर्ण भक्त चित्रकार र कमल राजकर्णिकार, ओकुबहालका कमल शाक्य र राजेश शाक्य तथा मंगलबजारका विरेन्द्र लाल श्रेष्ठ र किशोर ब्यञ्जनकारको जोडीले पनि सेमिमा स्थान पक्का गर्न सफल भएका छन् ।