आइतबार, १८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. जुडो
Bhat Bhateni Supermarket Ad

एकै परिवारका तीन खेलाडीलाई पदक

शनिबार, २६ चैत्र २०७८खेलपाटी संवाददाता
एकै परिवारका तीन खेलाडीलाई पदक
mustang rice ad

काठमाडौं । एकै परिवारका तीन खेलाडीले अम्बिकाबहादुर क्षेत्री स्मृति राष्ट्रिय खुला जुडो प्रतियोगिताको पहिलो दिन शनिबार पदक जितेका छन् ।

पुरुष ६६ केजीमुनि नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ र ५२ केजीमुनि बहिनी बन्दी सहायता नियोग (पाम) की देवकीमाया श्रेष्ठले स्वर्ण तथा ४८ केजीमुनि पामकै अर्की बहिनी निशा श्रेष्ठले कांस्य जिते ।

नेपाल जुडो संघको आयोजना तथा स्व. अम्बिकाबहादुर क्षेत्रीका परिवारको विशेष सहयोगमा सञ्चालित प्रतियोगिताको फाइनलमा इन्द्रले एपीएफकका निर्दोष चलाउनेलाई पराजित गरे । नेपाल आर्मीका कर्मा तामाङ र एपीएफका किरण गडेल तेश्रो भए ।

देवकीले फाइनलमा एपीएफकी रत्ना तामाङलाई हराइन् । प्रहरीकी प्रतिभा पुलामी मगर र बर्दियाकी सम्झना थापा तेश्रो बने । निशाको स्पर्धामा आर्मीकी सुमित्रा राईले फाइनलमा प्रहरीकी ओलम्पियन सोनिया भट्टलाई पाखा लगाउदै पहिलो स्थान हात पारिन् । अर्को कांस्य जित्नेमा पीजेओकी सुनिता मगर रहिन् । प्रहरीमा भर्ना हुनुअघि इन्द्र पनि पामबाटै जुडो खेल्थे ।

नयाँ बजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको पुरुष ६० केजीमा पामका सुबोध मण्डल पहिलो भए । उनले फाइनलमा रोल्पाका विकास विकलाई पन्छाए । प्रहरीका उमेश मगर र पामका प्रवीणकुमार दियाली संयुक्त रुपमा तेश्रो भए । ७३ केजीमुनि प्रहरीका सन्जित डंगोलले बाजी मारे । उनले फाइनलमा प्रहरीकै सुदेश दोङको चुनौती समाप्त पार्दै शीर्ष स्थान कब्जा गरे । एपीएफका सुजन तामाङ र बाँकेका आयुशसिंह साउद तेश्रो स्थानमा रहे ।

महिला ५७ केजीमुनि प्रहरीकी मनीता श्रेष्ठ प्रधानले फाइनलमा एपीएफकी सुनिता थिङलाई निराश पार्दै स्वर्ण चुमिन् । आर्मीका विमला आले मगर र सिमाकुमारी चिडी तेश्रो भए ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा तीन विभागीयसहित २५ टिमका १ सय ५० खेलाडीको सहभागिता रहेको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । पुरुष÷महिलामा समान ७ गरी १४ स्पर्धा समावेश छन् । प्रतियोगिताको अन्तिम दिन आइतबार ८ स्पर्धाको फाइनल हुने छ ।

LiNing Ad
एकै परिवारका तीन खेलाडीलाई पदक

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कल्बा जुडोमा सकुनलाई रजत

कल्बा जुडोमा सकुनलाई रजत

जुडोमा नेपाललाई ५ स्वर्ण

जुडोमा नेपाललाई ५ स्वर्ण

जुडो टोली बंगलादेश प्रस्थान

जुडो टोली बंगलादेश प्रस्थान

Bajaj Pulsar Motorcycle Ad
 सलिना, सुमित्रा र मिनाले पुलिसबाट काभा महिला लिग खेल्ने

सलिना, सुमित्रा र मिनाले पुलिसबाट काभा महिला लिग खेल्ने

पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने

पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने

कमिन्स टी–२० विश्वकपबाट बाहिर

कमिन्स टी–२० विश्वकपबाट बाहिर

आर्मी चौथो स्थानमा

आर्मी चौथो स्थानमा

आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

पूजाको काँधमा कप्तानी जिम्मेवारी

पूजाको काँधमा कप्तानी जिम्मेवारी