काठमाडौं । स्व. अम्बिका बहादुर क्षेत्री स्मृति ओपन सिनियर जुडो च्याम्पियनसिप भोलि शुक्रबारबाट सुरु हुने भएको छ ।
नेपाल जुडो संघले बिहीबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप चैत २५ गतेबाट सुरु हुने जनाएको छ ।
चैत २७ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न जिल्ला, क्लब, संस्था र विधालयका गरि कुल २४ टिमसहित २ सय खेलाडीको सहभागिता रहनेछ ।
नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) को हलमा हुने प्रतियोगितामा पुरुषतर्फ ६०, ६६, ७३, ७१, ९०, १०० केजी मुनि र १०० केजी माथि प्रतिस्पर्धा हुनेछ ।
महिलातर्फ ४८, ५२,५७,६३,७०,७८ केजी मुनि र ७८ केजी माथि प्रतिस्पर्धा हुने संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जानकारी गराए ।
प्रतियोगितामा सहभागी खेलाडीको भाडा, खाना, खाजा र बसोबास खर्च संघले व्यहोर्नेछ ।
प्रतियोगिता संचालनका लागि अम्बिका बहादुर क्षेत्रीको परिवारले १० लाखको अक्षयकोष स्थापना गरिसकेको छ ।