काठमाडौं । थाइल्यान्डको फुकेटमा जारी थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपमा नेपालका सुष्मा तामाङ र चन्द्रकला थापा पराजित भएका छन् ।
फुकेटमा सोमबार महिला ४८ केजी तौल समूहमा सुष्मा इटोलीकी रोबर्टो बोनत्तीसंग ३–२ को स्पिलिट डिसिजनमा पराजित भइन् ।
खेलको पहिलो राउण्डमा ५–० ले हारेकी सुष्माले दोश्रो राउण्डमा ३–२ ले पछाडी परे । तर, तेश्रो तथा अन्तिम राउण्डमा ०–५ ले खेल आफ्नो पक्षमा पार्न सफल भएपनि समग्र ३–२ अकंको आधारमा पराजय भोग्नु पर्यो ।
त्यस्तै महिला ५७ केजी नेपालकी खेलाडी चन्द्रकला थापा ईटालीकै ओलम्पीक कांस्य पदक विजेता इर्मा टेस्टासँग ५–० अंकले पराजित भएको नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन् ।
मंगलबार १३ औं सागको स्वर्ण विजेता मिनु गुरुङले थाइल्यान्डकी खेलाडीविरुद्ध खेल्ने छिन् ।