काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी सिरिज अन्तर्गत मलेसियाविरुद्ध नेपालका दिपेन्द्र ऐरीले अर्धशतक पूरा गरेका छन् ।
मलेसियाविरुद्ध अर्धशतक बनाउदै दिपेन्द्रले आफ्नो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा पाँचौं अर्धशतक पूरा गरेका हुन् ।
३६ बल खेलेका उनले ७ चौका प्रहार गर्दै ५० रन बनाए । सिरिजमा दिपेन्द्रको लगातार दोस्रो अर्धशतक हो । यसअघिको खेलमा समेत उनले पीएनजीविरुद्ध अर्धशतक बनाएका थिए ।
टस जितेर मलेसियाले पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले ब्याटिङमा राम्रो सुरुवात गरेको छ ।
यसअघि रोहित पौडेलले समेत खेलमा अर्धशतक बनाएर आउट भएका थिए ।