काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी सिरिज अन्तर्गत मलेसियाविरुद्ध नेपालका रोहित पौडेलले अर्धशतक पूरा गरेका छन्।
त्रिवि क्रिकेट मैदानमा उनले खेलको १३ औं ओभरमा अर्धशतक पूरा गरे । ३२ बल खेलेका उनले ५ चौका प्रहार गर्दै ५० रन बनाए । उनी ५१ रन बनाएर आउट भएका छन् ।
टी-ट्वान्टी अन्तराष्ट्रियमा रोहितको यो पहिलो अर्धशतक हो ।
टस जितेर मलेसियाले पहिले बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ । नेपालले ब्याटिङमा राम्रो सुरुवात गरेको छ ।