एजेन्सी । स्पिनर राशिद खानको शरीरमा फास्ट बलरको जस्तो मानसिकता छ । उनीसँग गुगली र लेगब्रेक बलिङ गर्दा १ सयको गतिमा कम्प्रोमाइज नगर्ने मनोवृत्ति छ ।
२३ वर्षका अफगानी स्पिनर राशिद टी-ट्वान्टी क्रिकेटका स्टार हुन् । उनले ४ सय ३६ खेलमा ३ सय १२ विकेट चट्काएका छन् ।
भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) मा जुगरात टाइटन्सबाट २७ रन खर्चेर १ विकेट लिएर यस संस्करणको सुरुवात गरे । गत संस्करणहरु सनराइजर्स हैदराबादबाट खेल्दै आएका उनले यसपटक हार्दिक पाण्ड्याको कप्तानीको नयाँ टिमलाई समय पुरानो लयमा मद्दत गर्ने विश्वास छ ।
रशिदले एक अन्तर्वार्तामा आफुलाई फास्ट स्पिनर बताएका छन् । 'मैले फालेको बलको गतिले म एक स्पिन फास्ट बलर हो । तिब्र गतिमा फालेको बल गुमाउनु मुस्किल हुन्छ र त्यसको लागि अलग क्षमता चाहिन्छ ।' राशिद खानले प्रेस ट्रस्ट इण्डियासँगको अन्तर्वार्तामा भनेका छन्, 'बलको गति जब ९६ देखि १०० किमि प्रतिघन्टा हुन्छ, यस्तो गतिमा बल घुमाउनु मुस्किल हुन्छ । तर म यसलाई ७० देखि ७५ किलोमिटर प्रतिघण्टामा तल ल्याउनुभन्दा त्यो गतिमा बलिङ गर्न चाहन्छु ।'
यस्तै राशिदले आफु परम्परागत 'रिस्ट' स्पिनर नभएको समेत बताए । 'म कहिल्यै आफुलाई लेग स्पिनरको रुपमा लिंदिन । स्पिनरले धेरै नाडीको प्रयोग गर्छन् तर म गर्दिन । म औंलाको टुप्पो मात्र प्रयोग गर्छु त्यसैले म फिङ्गर स्पिनर हो ।' उनले भने, 'म संधै फास्ट लेग स्पिन बलिङको समर्थक रहेको छु । म नेटमा आफ्नो बलिङ बारे अलग अलग परिक्षण गर्दै आएको छु र यसले निकै मद्दत पुगेको छ ।'