काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज अन्तर्गत अहिले मलेसिया र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा हुँदैछ ।
टियु क्रिकेट मैदानमा मलेसियाविरुद्ध पीएनजीले टस जितेको छ । टस जितेर पीएनजीले फिल्डिङ रोज्दै मलेसियालाई ब्याटिङको निम्तो दिएको छ ।
आज मलेसिया दोस्रो जित निकाल्ने योजनामा हुनेछ । मलेसियाले २ खेलमा २ अंक जोडेको छ ।
मलेसिया पीएनजीलाई हराएर फाइनल यात्रा तय गर्न चाहन्छ ।
पीएनजी भने पहिलो जितको खोजीमा हुनेछ । पीएनजीले ३ खेलमा अंक जोड्न सकेको छैन ।
फाइनल यात्रा कायम राख्न पीएनजीलाई जित्नै पर्ने दबाब रहेको छ ।
सिरिज अन्तर्गत नै भएको पहिलो भेटमा मलेसियाले पीएनजीलाई ८ रनले हराएको थियो ।
सिरिजमा नेपाल, मलेसिया र पीएनजीले प्रतिस्पर्धा गरिरहेका छन् ।
नेपाल लगातार तीन खेल जितेर फाइनल पुगिसकेको छ ।