काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट आज शुक्रबार एक खेल हुँदैछ ।
आईपीएल अन्तर्गत शुक्रबार कोलकत्ता नाइट राइडर्स र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल ७:४५ बजे सुरु हुनेछ ।
कोलकत्ता आज लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा कोलकत्ताले चेन्नईलाई हराएको थियो।
कोलकत्ता २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
पन्जाब पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा पन्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई हराएको थियो ।
पन्जाब २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
दुई टोलीबीचको पछिल्लो पाँच भेटमा कोलकत्ताले ३ जित निकालेको छ भने पन्जाबले २ खेल जितेको छ ।
यस पटकको आईपीएलमा १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । यस अघि आठ टोलीले खेल्दै आएका थिए ।