काठमाडौं । लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ।
बिहीबार राति भएको रोमान्चक खेलमा साविक विजेता चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै लखनउले पहिलो जित निकालेको हो ।
चेन्नईले दिएको २ सय ११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लखनउले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
लखनउका लागि क्विन्टन डी ककले ६१ रनको अर्धशतकीय इनिङ खेले ।
इभिन लेविसले अविजित ५५ रन जोड्दा कप्तान केएल राहुलले ४० रन जोडे ।
आयुसले अविजित १९ रन बनाए ।
चेन्नईका ड्वाने प्रिटोरिउसले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर २ सय १० रन बनाएको थियो ।
चेन्नईका लागि रोबिन उथप्पाले ५० रनको अर्धशतकीय इनिङ खेले । शिबम डुबेले ४९ रन जोड्दा मोइन अलीले ३५ रन बनाए ।
कप्तान रविन्द्र जडेजा १७ तथा महेन्द्र सिंह धोनी १६ रनमा आउट भए ।
लखनउका आभेस खान, एन्ड्रयु टे रबि बोस्नोईले २/२ विकेट लिए ।
यस जितसँगै चेन्नईले २ खेलमा अंक जोड्न सकेको छैन । पहिलो खेलमा चेन्नईलाई कोलकत्ता नाइट राइडर्सले हराएको थियो ।
जितपछि लखनउले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा लखनउ गुजरात टाइटन्ससँग पराजित भएको थियो।