मंगलबार, ०९ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

५० खेल, ५० विकेट र ह्याट्रिक !

बिहिबार, १७ चैत्र २०७८विश्वास थापा
५० खेल, ५० विकेट र ह्याट्रिक !
Loading ad...
mustang rice ad

काठमाडौं । घरेलु मैदानमा बिहीबार नेपालले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ५० खेलको कोशेढुंगा पूरा गर्यो ।

त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलसँगै नेपालले ५० खेल पूरा गरेको हो । जुन खेलमा नेपालले ३७ रनको जित हात पार्यो ।

नेपालको ५० औं टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा अलराउण्डर करण केसीको ५० विकेट र एकै खेलमा ह्याट्रिकसहित ५ विकेट समेत पूरा भयो ।

नेपालले खेलमा ब्याटिङ तथा बलिङ दुवैमा खुलेर प्रदर्शन गर्यो । २ सय ४ रनको लक्ष्य प्रस्तुत गरेको नेपालले टी-ट्वान्टी अन्तर्राष्ट्रियमा छैठौं पटक २ सय रनको आंकडा पार गर्यो । नेपालले घरेलु भूमिमा नेपालले पाँचौं पटक टी-ट्वान्टी अन्तर्राष्ट्रियमा २ सय रन पार गरेको हो ।

टस जितेर पीएनजीले नेपाललाई पहिले ब्याटिङको निम्तो दिएपछि नेपालले मध्यम सुरुवात गर्यो । १३ ओभरसम्म नेपालले २ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो ।

१४ औं ओभरमा रोहित पौडेलले चार्ल्स अमिनीलाई २ चौका र १ छक्का प्रहार गर्दा नेपाल ठुलो स्कोरतर्फ बढ्ने छनक देखिएको थियो । तर अर्को ओभरमा रोहितलाई रिले हेकुरेले आउट गरेपछि नेपाल केहि ओभर सुस्तायो । १५, १६ र १७ ओभरमा नेपालले विनाकुनै बाउन्ड्री २१ रन जोड्यो ।

May be an image of 1 person, playing a sport and text

१८ औं ओभरमा नेपाललाई दिपेन्द्रले गियर सिफ्ट गरे । नोरमान भानुअलाई खेलमा ३७ रन बनाएर सेट भएका दिपेन्द्रले लगातार ३ छक्का प्रहार गर्दै आफ्नो चौथो टी-ट्वान्टी अन्तर्राष्ट्रिय अर्धशतक पूरा गरे । सो ओभरको अन्तिम बलमा दिपेन्द्रले चौका प्रहार गर्दै नेपालको खातामा २४ रन बनाए । दिपेन्द्रले दबाएको एक्सेलेरेसनलाई लगत्तै १९ औं ओभरमा डेब्यु खेलाडी आदील अन्सारीले समेत साथ दिए ।

नोसाइना पोकानाको ओभरमा आदीलले पहिलो बलबाटै आक्रमण सुरु गरे । उनले पहिलो बलमा चौका प्रहार गरे । क्रमश: आदीलले पोकानाको बलमा लगातार ३ छक्का प्रहार गरे । ओभरको दोस्रो बलमा मिड अन क्षेत्रमा आदीलले प्रहार गरेको शक्तिशाली प्रहारमा बल दर्शकदीर्घा बाहिरबाट गयो । लगत्तैको तेस्रो बलमा आदीलले 'वाइड आउटसाइड अप स्टम्प'मा रहेको बललाई विश्वस्तरीय सट प्रहार गर्दै कभर क्षेत्रबाट मैदान बाहिर पुर्याइदिए, उक्त बल नोबल समेत रह्यो । 

May be an image of 1 person, playing a sport and text that says 'Second NEPAL Reacher ර1'

'फ्री हिट' मा आदीलले लङ अनमा हेलिकप्टर सट प्रहार गर्दै छक्का प्रहार गरे । चौथो बल समेत हावामा खेल्दा आदीलको क्याच छुट्यो र ३ रन बटुल्न सफल भए । पाँचौ बलमा दिपेन्द्रले बललाई 'थर्डम्यान' माथिबाट ६ रन प्राप्त गरे । नेपालले १९ औं ओभरको ५ बलमा ३२ रन जोड्न सफल भयो । अन्तिम बलमा समेत लामो प्रहार गर्न खोज्दा आउट हुन पुगे ।

नेपालले एकै ओभरमा ३२ रन प्रहार गर्दा टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमानमा ४ कीर्तिमानसँग तेस्रो स्थानमा बराबरी गरे । नेपालले मात्र २ ओभरमा ५६ रन जोड्यो । अन्तिम ओभरमा भने नेपालले सोचे अनुरुप रन बनाउन सकेन ।

२० औं ओभरमा ४ रन जोड्न नेपालले ३ विकेट गुमायो । ब्याटिङमा सनसनीपूर्ण ब्याटिङ गरेको नेपालले बलिङमा समेत उत्कृष्ट प्रदर्शन गर्यो ।

बलिङमा करण केसी नायक रहे । पीएनजीको सुरुवाती विकेट लिंदै करणले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान बनाए । उनले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गर्दै नेपालको लागि टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गर्ने दोस्रो खेलाडी बने ।

सन्दीपपछि टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट लिने करण पहिलो र एकल खेलाडी हुन् । करण नेपालको ५० औं टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा खेलमा आफ्नो ५० विकेट मात्र पूरा गरेनन् । उनले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक पूरा गर्दै ५ विकेट लिन सफल भए । करणले अन्तिम ओभरको दोस्रो बलमा चाड सोपर, तेस्रो बलमा सिमोन अटाई र चौथो बलमा पोकानालाई आउट गर्दै टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक गर्ने नेपालको पहिलो खेलाडी बने ।

May be an image of 5 people, people playing sports, people standing and grass

अन्तिम बलमा विकेट निकाल्न करण लगायत सबैले फिल्डिङमा ध्यान दिएका थिए । स्लोअर बल फाल्दा पोकानाको ब्याटबाट हावामा उँडेको बल दिपेन्द्रको माथि पुग्यो । बल क्याच हुनु भन्दा पहिलेनै करणले सेलिब्रेट गरे ।

'दुई विकेट लिएपछि फिल्डिङमा ध्यान दिएका थियौं । फास्ट फाल्दा ब्याटरले बल रोक्छ भन्ने लाग्यो र स्लोअर फाल्ने निर्णय गरे । जे होस, अत्ताएर भएपनि आउट गर्नु पर्छ भन्ने लागेको थियो । फिल्डर दिपेन्द्र भएको कारण क्याच हुन भन्दा पहिले नै रमाएको थिएँ । अरु भएको भए हेर्न हुन्थ्यो तर दिपेन्द्र भएर सेलिब्रेट गरिसकेको थिएँ । मेरो अन्तर्राष्ट्रिय करिअर यो बेस्ट बलिङ फिगर हो । खुसी लागि रहेको छ मेरो लागि स्पेसल नै हो । आगामी दिनमा अझै ४/५ वटा प्रयास गर्छु' खेलपछि करणले भने, 'हामी ४/५ वर्ष देखि टी-ट्वान्टी मात्र खेल्दै आएका छौं । हाम्रो घरेलु प्रतियोगिता पनि टी-ट्वान्टी ढाँचामा छ । त्यही हिसाबले अभ्यास भएको हुन्छ, खेल खेल्दा अटोमेटिक टी-ट्वान्टीको मुड आउँछ । बलिङमा भेरियसन, सुरुवातमा कस्तो बल गर्ने, त्यो सबै अनुभबले गर्दा अन्तर्राष्ट्रियमा फाइदा भयो ।'  

खेलमा पहिलो २ र अन्तिम ३ विकेट लिएका करण प्लेयर अफ द म्याच बने । यसअघि करणले सिरिजको पहिलो खेलमा पीएनजीको अन्तिम २ विकेट लिँदै अलआउट गरेका थिए । अर्को खेलमा करणले मलेसियाविरुद्ध खेलको पहिलो बलमा विकेट लिँदै ३ बलमा ३ विकेट लिएका थिए तर त्यसलाई ह्याट्रिक भने मानिदैन ।

करण ६ पटक टी-ट्वान्टी अन्तर्राष्ट्रियमा प्लेयर अफ द म्याच घोषित हुने पहिलो नेपाली खेलाडी हुन् । यस्तै करणको २१ रन खर्चेर ५ विकेट लिएको बलिङ फिगर नेपाली बलर मध्यको उत्कृष्ट बलिङ फिगर हो ।

May be an image of 1 person, playing a sport and grass

नेपालले त्रिकोणात्मक सिरिजमा ३ खेलमा ३ जित निकाल्दै फाइनल प्रवेश गरेको छ । पहिलो खेलमा पीएनजीलाई १५ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा मलेसियालाई ६ विकेट तथा बिहीबार पुन: पीएनजीलाई ३७ रनले पराजित गर्दा नेपाल एक खेल अगावै फाइनल पुगेको हो ।

Loading ad...
LiNing Ad
#करण केसी #नेपाल #ह्याट्रिक विकेट

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

नेपालको पहिलो जित

नेपालको पहिलो जित

Loading ad...
xTreme Energy Drink
तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

तीन विश्वकप विजेतासहितको समूहले किन्यो क्लब

वियंकालाई स्वर्ण

वियंकालाई स्वर्ण

नेपालले पिकलबल विश्वकप खेल्ने

नेपालले पिकलबल विश्वकप खेल्ने

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिटीले इलियासलाई अनुबन्ध गर्ने

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

सिमा क्रोएसियाको क्लबमा अनुबन्ध

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

जनकपुर फर्किए नीशम

रोमाको जितमा मालेनको  ह्याट्रिक

रोमाको जितमा मालेनको ह्याट्रिक