काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालका दिपेन्द्र सिंह ऐरीले अर्धशतक पूरा गरेका छन् ।
दिपेन्द्रले २९ बलमा २ चौका ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे । उनले नोरमान भानुअलाई १८ औं ओभरमा लगातार ३ छक्का प्रहार गर्दै अर्धशतक बनाए ।
दिपेन्द्रको यो चौथो टी-ट्वान्टी अन्तराष्ट्रिय अर्धशतक हो ।
यस्तै दिपेन्द्र नेपालको लागि टी-ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी हुन् ।