काठमाडौं । अलराउण्डर आदील अन्सारीले नेपाली राष्ट्रिय क्रिकेट टिममा डेब्यु गरेका छन् ।
त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलबाट आदीलले डेब्यु गरेका हुन्।
पीएनजीविरुद्धको खेल अघि आदीललाई राष्ट्रिय टोलीका छनोटकर्ता दीपेन्द्र चौधरीले डेब्यू क्याप दिए ।
कुशल मल्लको स्थानमा आदीलले डेब्युको मौका पाएका हुन् । अघिल्लो खेलमा सुरुआती-११ मा रहेका मल्ल पीएनजीविरुद्ध बेन्चमा रहेका छन् ।
आदीलले नेपालको यू-१९ राष्ट्रिय टोलीबाट खेलिसकेका छन् ।
आदील मधेश प्रदेशबाट घरेलु क्रिकेट खेल्ने गर्छन ।