काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट आज बिहीबार एक खेल हुँदैछ ।
आईपीएल अन्तर्गत बिहीबार साविक विजेता चेन्नई सुपर किङ्स र लखनउ सुपर जाइन्टबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल ७:४५ बजे सुरु हुनेछ ।
चेन्नई आज पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा चेन्नईलाई कोलकत्ता नाइट राइडर्सले हराएको थियो ।
नवप्रवेशी टोली लखनउ पनि पहिलो जित निकाल्ने योजना रहेको छ । पहिलो खेलमा लखनउ गुजरात टाइटन्ससँग पराजित भएको थियो ।
चेन्नई र लखनउबीच यो पहिलो प्रतिस्पर्धा हो ।
यस पटकको आईपीएलमा १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । यस अघि आठ टोलीले खेल्दै आएका थिए ।