काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले आज बिहीबार पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ ।
घरेलु टोली नेपालले सिरिजको आफ्नो तेस्रो खेलमा पीएनजीसँग खेल्न लागेको हो । त्रिवि क्रिकेट मैदानमा हुने खेल १२:३० मा सुरु हुनेछ ।
पीएनजीविरुद्धको खेल नेपालको ५० औं टी-ट्वान्टी अन्तराष्ट्रिय खेल हो ।
नेपाल आज पीएनजीलाई हराएर एक खेल अगाबै फाइनल पुग्न चाहन्छ । सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराएको थियो । नेपाल उक्त जितलाई कायम गर्न चाहन्छ ।
यस्तै नेपालले दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो ।
नेपाल २ खेलमा लगातार जितसहित ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
पीएनजीले दुई खेलमा अंक जोड्न सकेको छैन । पीएनजी पुछारमा रहेको छ ।
मलेसिया २ खेलमा २ जित १ हारसँगै २ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।
टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाल र पीएनजीबीच २ पटक प्रतिस्पर्धा भएको छ । जसमा नेपाल र पीएनजीले एक एक खेलमा बाजी मारेको छ ।