काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले पहिलो जित निकालेको छ ।
बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ३ विकेटले हराउँदै बैंगलोरले पहिलो जित दर्ता गरेको हो ।
कोलकत्ताले दिएको १ सय २९ रनको लक्ष्य बैंगलोरले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पूरा गर्यो ।
बैंगलोरका लागि शेर्फान रुथरफोर्डले सर्वाधिक २८ तथा शाहबाज अहमेदले २७ रन बनाए ।
डेभिड विलिले १८ र विराट कोहलीले १२ रन जोडे ।
दिनेश कार्तिक १४ तथा हर्सल पटेल १० रनमा अविजित रहे ।
कोलकत्ताका टिम साउथीले ३ तथा उमेश यादवले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको कोलकत्ताले १८ ओभर ५ बलमा अलआउट हुँदै १ सय २८ रन जोडेको थियो ।
कोलकत्ताका आन्द्रे रसेलले २५ रन जोड्दा साम विलिङ्सले १४ रन जोडे । त्यस्तै उमेश यादवले १८, कप्तान श्रेयस एयरले १३, सुनिल नारिनेले १२ तथा भरुण चक्रवर्तीले अविजित १० र भेन्काटेस एयरले १० रन बनाए ।
बैंगलोरका वानिन्दु हसरंगाले ४ विकेट लिए । आकाश दीपले ३ र हर्सल पटेलले २ विकेट लिए ।
जितसँगै बैंगलोरले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा बैंगलोरलाई पन्जाब किङ्सले ५ विकेटले हराएको थियो ।
कोलकत्ताको यो पहिलो हार हो । पहिलो खेलमा कोलकत्ताले चेन्नई सुपर किङसलाई ६ विकेटले हराएको थियो ।