आइतबार, असोज ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. ५० औं टी–ट्वान्टी अन्तराष्ट्रियको संघारमा नेपाल 

५० औं टी–ट्वान्टी अन्तराष्ट्रियको संघारमा नेपाल 

२०२२ मार्च ३०, बुधबारविश्वास थापा

५० औं टी–ट्वान्टी अन्तराष्ट्रियको संघारमा नेपाल 

काठमाडौं । सन् २०१४ को आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटबाट नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रियको मान्यता पायो । पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल नेपालले सो प्रतियोगितामा हङकङविरुद्ध खेल्यो । पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रियमानै नेपालले जित निकाल्न सफल भयो, त्यो पनि विश्वकपमा । नेपालले हङकङलाई पराजित गर्दै प्रतियोगिता तथा टी–ट्वान्टी अन्तर्राष्ट्रियमा सुखद सुरुवात गर्यो ।

नेपालले सन् २०१४ को विश्वकपमा पाएको टी–ट्वान्टी अन्तर्राष्ट्रियको मान्यता सन् २०१५ को टी–ट्वान्टी विश्वकपमा छनोट हुन नसक्दा गुमाउन पुग्यो । सन् २०१८ मा नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाउँदा स्वत टी–ट्वान्टी अन्तर्राष्ट्रियको समेत मान्यता पायो । त्यसको एक महिनामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सबै राष्ट्रलाई टी–ट्वान्टी अन्तर्राष्ट्रियको मान्यता दियो ।

टी–ट्वान्टी अन्तर्राष्ट्रियको मान्यता पाएपछि नेपालले हालसम्म ४९ टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलेको छ । सन् २०१४ देखि सन् २०१५ सम्म टी–ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पाएको बेला नेपालले ११ वटा टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्यो । जसमा नेपालले मात्र ३ खेलमा जित निकाल्न सफल भयो भने बाँकी ८ खेलमा नेपालले पराजय भोग्नु पर्यो । 

सन् २०१५ मा टी–ट्वान्टी अन्तर्राष्ट्रियको मान्यता गुमाएपछि नेपालले सन् २०१८ सम्म टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेल्न पाएन । सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय पाएपछि पुनः टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गर्यो ।

त्यसयता नेपालले नियमित टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएको छ । टी–ट्वान्टी अन्तर्राष्ट्रिय नेपाल अहिले ५० औं टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको संघारमा छ । टी–ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता पाएको आठ वर्षपछि नेपालले आफ्नो ५० औं टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । 

नेपाल अहिले घरेलु भूमिमा त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा व्यस्त छ । बिहिबार नेपालले सिरिजको आफ्नो तेस्रो खेल खेल्दा नेपालको ५० औं टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल हुने छ । नेपालले आफ्नो ५० औं टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल पपुवा न्युगिनीसँग खेल्ने छ । 

नेपालले खेलेको हालसम्मको ४९ टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा २७ खेलमा जित निकालेको छ, २१ खेलमा पराजित र एक खेल नतिजा विहिन भएको छ ।

नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा सबैभन्दा धेरै नेदरल्याण्डसँग ९ पटक खेलेको छ । जसमा नेपालले ४ पटक नेदरल्याण्डलाई पराजित गरेको छ भने १ खेल नतिजा बिहिन भएको छ ।

नेपालले टी–ट्वान्टी अन्तर्राष्ट्रियको एकै इनिङमा सर्वाधिक रन नेदरल्याण्डविरुद्ध बनाएको छ । सन् २०२१ मा ३ विकेट गुमाएर २ सय ३८ रन बनाएको नेपालको टी–ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक स्कोर हो । यस्तै नेपालले सन् २०१५ मा आयरल्याण्डविरुद्ध ५३ रनमा अलअउट हुँदा टी–ट्वान्टी अन्तर्राष्ट्रियमा बनेको नेपालको हालसम्मको सर्वाधिक कम स्कोर हो । 

सन् २०२१ मा नेपालले नेदरल्याण्डलाई १ सय ४२ रनले पराजित गरेको नतिजा टी–ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक फराकिलो रनले पराजित गरेको नतिजा हो । यस्तै नेपालले ५ पटक ९ विकेटको फराकिली जित निकालेको छ ।
नेपालका लागि टी–ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने खेलाडी दिपेन्द्र सिंह ऐरी हुन् । उनले ३१ इनिङमा ३ अर्धशतक प्रहार गर्दौ टी–ट्वान्टी अन्तर्राष्ट्रियमा ८ सय ३ रन बनाएका छन् । यस्तै सन्दीप लामिछाने टी–ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने नेपाली खेलाडी हुन् । सन्दीपले टी–ट्वान्टी अन्तर्राष्ट्रियको ३५ इनिङमा ६७ विकेट लिएका छन् ।

नेपालले १० पटक घरेलु मैदानमा टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलेको छ । नेपालले घरेलु भूमिमा १० खेल खेल्दा ९ खेलमा विजयी भएको छ भने १ खेलमा मात्र पराजित भएको छ ।

नेपालको लागि टी-ट्वान्टी अन्तर्राष्ट्रियका पहिलो :
खेल : सन् २०१४ मार्च १६ 
विपक्षि : हङकङ
प्रतियोगिता : आईसीसी विश्व टी-ट्वान्टी 
कप्तान : पारस खड्का 
रन : सुवास खकुरेल 
चौका : सुवास खकुरेल 
छक्का : ज्ञानेन्द्र मल्ल 
ओभर : पारस खड्का 
विकेट : पारस खड्का 
क्याच : सुवास खकुरेल 
अर्धशतक : सुवास खकुरेल 
शतक : पारस खड्का 
म्यान अफ द म्याच : शक्ति गौचन

#आईसीसी टी–ट्वान्टी
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

झन्डै तीन महिनापछि एन्फाले खोल्यो फेसबुक पेजको ‘कमेन्ट बक्स’ !

झन्डै तीन महिनापछि एन्फाले खोल्यो फेसबुक पेजको ‘कमेन्ट बक्स’ !

क्रिकेट टोलीले पायो भिसा

क्रिकेट टोलीले पायो भिसा

श्रीलंकासँग सुपर ‘फो’ मा बंगलादेशको बदला

श्रीलंकासँग सुपर ‘फो’ मा बंगलादेशको बदला

Bhat Bhateni
गीताको शल्यक्रिया सफल

गीताको शल्यक्रिया सफल

एन्फाले ए डिभिजन क्लबलाई बैठकमा बोलायो

एन्फाले ए डिभिजन क्लबलाई बैठकमा बोलायो

झन्डै तीन महिनापछि एन्फाले खोल्यो फेसबुक पेजको ‘कमेन्ट बक्स’ !

झन्डै तीन महिनापछि एन्फाले खोल्यो फेसबुक पेजको ‘कमेन्ट बक्स’ !

क्रिकेट टोलीले पायो भिसा

क्रिकेट टोलीले पायो भिसा

३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

ह्याट्रिक म्यान केन

ह्याट्रिक म्यान केन

गीताको चोटको शल्यक्रिया गरिँदै

गीताको चोटको शल्यक्रिया गरिँदै

उत्कृष्ट लयमा पुलिसिच

उत्कृष्ट लयमा पुलिसिच