काठमाडौं । दिपेन्द्र सिंह ऐरी टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी बनेका छन् ।
त्रिकोणात्मक सिरिजमा मलेसियाविरुद्ध ब्याटिङ गर्दै दिपेन्द्रले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी बनेका हुन् ।
दिपेन्द्रले पारस खड्काको कीर्तिमानलाई पछि पारेका हुन् ।
पूर्व कप्तान पारसले बनाएको ७ सय ९९ यसअघि नेपाली खेलाडीले बनाएको टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन थियो । पारसले ३२ इनिङमा ४ अर्धशतक १ शतक प्रहार गर्दै ७ सय ९९ रन बनाएका छन् ।
दिपेन्द्रले पीएनजीविरुद्ध १८ रन जोडेसँगै पारसको कुल रनलाई पारेका हुन् । दिपेन्द्रले ३१ इनिङमा ३ अर्धशतक प्रहार गर्दौ ८ सय रन पूरा गरेका छन् ।
दिपेन्द्र २१ रन बनाएर आउट भए ।