मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल
बुधबार, चैत १६, २०७८खेलपाटी संवाददाता

काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत मलेसियाविरुद्ध नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ।
त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको हो ।
सिरिजमा दुबै टोलीले सुखद सुरुवात गरिसकेका छन् । यी दुई टोलीले पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गर्दै सिरिजमा राम्रो सुरुआत गरेको हो ।
यसअघि नेपाल र मलेसिया ६ पटक टी-ट्वान्टी अन्तर्राष्ट्रियमा आमनेसामने भएका छन् । मलेसियाविरुद्ध नेपाल हाबी हुँदै आएको छ । ५ खेलमा नेपालले बाजी मार्दा मलेसियाले नेपाललाई एक पटक पराजित गरेको छ ।
मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल








-1762758084543.jpg&w=3840&q=75)

-1762856022963.jpg&w=3840&q=75)





