काठमाडौं । अष्ट्रेलिया आईसीसी महिला विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
विलिङटनमा बुधबार भएको पहिलो सेमिफाइनलमा वेस्ट इन्डिजमाथि १ सय ५७ रनको जित निकाल्दै अष्ट्रेलिया उपाधि नजिक पुगेको हो ।
अष्ट्रेलियाले दिएको ३ सय ६ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ३७ ओभरमा अलआउट हुँदै १ सय ४८ रन मात्र जोड्न सक्यो ।
वेस्ट इन्डिजका लागि कप्तान स्टेफेनी टेलरले ४८ रन जोडिन । डोटीन र म्याथ्युजले समान ३४ रन जोडिन ।
अष्ट्रेलियाकी जेस जोनासेनले २ विकेट लिईन ।
यस अघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४५ ओभरमा ३ विकेट गुमाएर ३ सय ५ रन जोडेको थियो ।
अष्ट्रेलियाका लागि अलिशा हेलीले १ सय २९ रनको शतकीय इनिङ खेलिन ।
यस्तै रचेल हायनेसले ८५ रन जोड्दा बेथ मोनीले अविजित ४३ रन बनाइन ।
वेस्ट इन्डिजकी चेनीले हेनरीले २ विकेट लिईन ।
अब अष्ट्रेलियाले उपाधिका लागि इंग्ल्यान्ड र दक्षिण अफ्रीकाबीचको विजेतासँग खेल्नेछ ।