काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट आज बुधबार एक खेल हुँदैछ ।
आईपीएल अन्तर्गत बुधबार रोयल च्यालेन्जर्स बैंगलोर र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल ७:४५ बजे सुरु हुनेछ ।
बैंगलोर पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा बैंगलोरलाई पन्जाब किङ्सले ५ विकेटले हराएको थियो ।
यस्तै कोलकत्ता भने लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । पहिलो खेलमा कोलकत्ताले चेन्नई सुपर किङसलाई ६ विकेटले हराएको थियो ।
बैंगलोर र कोलकत्ताबीचको पछिल्लो पाँच भेटमा बैंगलोरले ३ पटक जितेको छ ।
गत सिजन भने कोलकत्ताले दुबै भेटमा बैंगलोरलाई हराएको थियो ।
यस पटकको आईपीएलमा १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । यस अघि आठ टोलीले खेल्दै आएका थिए ।